नायिका शिल्पाले जीवनलाई ‘घरको न घाटको’ बनाउँदा



 

काठमाडौं, चैत ७ । नायिका शिल्पा पोखरेलका कतिपय अभिनयहरु निकै प्रशसनिय छन् । ठूलोपर्दामा मात्र होइन म्यूजिक भिडियोहरुमा पनि उनको अभिनय सम्मान गर्न योग्य छन् । एउटा भिडियोमा चाहीं शिल्पाले एक युवकलाई घरको न घाटको बनाएकी छिन् । ति युवक हुन् जीवन भटट्राई ।

शिल्पा र जिवन एक अर्काका मिल्ने साथी मात्र नभएर जिवनसाथी पनिभइसकेको अवस्थामा समेत शिल्पा आफ्ना पतिसँग खुल्न नसकेपछि जीवनको घर समेत बैँकले लिलामी गरिदिन्छ ।

आफ्नो बास नै लिलामीमा परेपछि उनले आफु सडकमा नै आएको भन्दै ‘दोष त मेरो के थियो सडक पेटी घुम्ने’ भन्दै बरालिँदै हिँड्छन् ।

यि सबै कुरा शिल्पा र जीवनको वास्तविक जिवनमा नभई गायक तथा संगीतकार तुला पर्वतको हालै सार्वजनिक गरिएको भिडियोमा देखाइएको मार्मिक दृश्य हो ।

जुन भिडियो तुलाको ११ औँ गीतका रुपमा सार्वजनिक भएको हो । बिएल गुँराशका शब्दमा तुलाको स्वर संगीत रहेको गीतको भिडियोलाई हरी हुमागाईले छायांकन गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोलाई निशान घिमीरेले सम्पादन गरेका छन् । भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार व्यबस्थापन गरेको छ

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ७ गते आइतबार