राबन बिश्वकर्मा, बाँसगढी बर्दिया, चैत्र 6
बर्दियाको बाँसगढीमा सामुदायिक पुस्तकालय उद्घाटन हुन नपाउदै सबैको आकर्षणको केन्द्र बन्दै गएको छ । रिड नेपाल नामक संस्थाको सहयोगमा यहि फागुन देखि सञ्चालनमा आएको सामुदायिक पुस्तकालयमा बालक देखि बृद्ध सम्मको आकर्ष बन्दै छ । दैनिक जस्तो २ सय भन्दा बढी पुस्तकालयमा पुस्तक पढ्न, ईन्टरनेट चलाउन, बिभिन्न खालका मनोरञ्जन, खेलकुद र कम्प्युटर शिक्षा लिन आउने गर्दछन । पुस्तकालयमा कम्प्युटर कक्षा(क्ष्ऋत्) महिला कक्षा, युवा कक्षा, बाल कक्षा र लाईबेरी कक्षा गरी ५ ओटा कक्षा सञ्चालनमा रहेका लाईबेरिएन बिमला शर्मा पौडेल बताइनी । त्यस्तै सामुदायिक पुस्तकालयमा निशुल्क बेसिक कम्प्युटर शिक्षा सञ्चालन भईरहेको छ । हाल सम्म पुस्तकालयमा ४ आटा समुहमा गरी २० जनाले निशुल्क कम्प्युटर शिक्षा लिईरहेको कम्युटर शिक्षक हेमबहादुर शाहीले बताए । बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने पुस्तकालयमा समयले भ्याए सम्म पुस्तकालयमा बिभिन्न खालका पुस्तक पढन आउने गरेको बाँसगढी नगरपालीका ८ मोतिपुरका टंकप्रसाद पौडेले बताए । त्यस्तै बासगढीकी शशि घिमिरेले निशुल्क रुपमा कम्प्युटर शिक्षा पाएकोमा खुसी व्यक्त गरिन । शिक्षा, सुचना, मनोरञ्जन र समाजको अभिन्न अङ्गको रुपको रहेको यस सामुदायिक पुस्तकालयलाई जर्गेना गरी दिगो र सबै बाँसगढी नगरबासीको ढुकढुकी बनाउन सबैको सहयोगको खाचो रहेको छ ।बर्दियामा कालिका, ककौरा र बाँसगढीमा गरी ३ ओटा सामुदायिक पुस्तकालय सञ्चालनमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्