फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल  



fishtail-air-Crash-1

४ चैत, काठमाडौं । राहत सामाग्री पुर्‍याएर फर्कने क्रममा फिस्टेल एयरको हेलिकोप्टर रुसुवाको लाङटाङमा दुर्घटना भएको छ ।

स्वीडेनका निकोलस पाइलट रहेको हेलिकोप्टर धुन्चेबाट राहत सामाग्री बोकेर लाङटाङ भिलेज गएको थियो । सामाग्री छाडेर उड्ने क्रममा अपराहृन ३ः३० मा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

रोटरमा समस्यामा आएपछि हेलिकोप्टर पल्टिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले  बताए अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।

fishtail-air-Crash-2

हेलिकोप्टरमा पाइलट निकोलस मात्र थिए । उद्दारका लागि अहिले काठमाडौंबाट फिस्टेलकै अर्को हेलिकोप्टर गएको छ । अपरेशन डाइरेक्टर आशिष शेरचनको नेतृत्वमा चार जना गएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ४ गते बिहीबार