कञ्चनपुर, चैत १ गते । गए राति परेको असिना पानीका कारण कञ्चनपुरका कृषकले लगाएको गहुँ र मसुरो बालीमा व्यापक क्षति पुगेको छ । जिल्लाको बेदकोट, झलारी पिपलाडी, देखतभूली, शङ्करपुरलगायत क्षेत्रका कृषकले असिना पानीका कारण बढी क्षति व्यहोरेका छन् ।
पाक्नै लागेको गहुँबाली र मसुरो बालीमा असिना पानी पर्दा बाली बिग्रिएको झलारी पिपलाडी–३ का कृषक मनिराम चौधरीले बताउनुभयो । गहुँको बाला पूरै असिनाका कारण थिचिएकाले उत्पादनमा निकै गिरावट आउने उहाँले बताउनुभयो । तरकारी बालीमा समेत असिना पानीले क्षति पु¥याएको कृषक वसन्ती चौधरीले बताउनुभयो ।
लहरे तरकारी बालीमा असिना पानीले बढी क्षति पु¥याएको छ उहाँले भन्नुभयो, “फुल्नै लागेको काँक्रा, फर्सी, तितेकरेला, लौकालगायतका बालीमा क्षति भएपछि लगानी खेर गएको छ ।”
कृषि सेवा केन्द्र झलारीका कृषि प्राविधिक मनि नाथले असिना पानीले क्षति पु¥याएको कृषकबाट गुनासो आइरहेकाले क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्