आखिर नायक भूवन केसी र नायिका जीया केसीविच त्यस्तो के सम्बन्ध छ, जसले गर्दा कुनै समयमा चलचित्रको पर्दामा हट दृश्य दिएर चर्चामा आएकी केसीलाई भूवनले यति ठूलो स्थान दिए ?
शुक्रबारबाट प्रदर्शनमा आएको भूवन केसी निर्देशित चलचित्र ‘ड्रिम्स’ हेरेर फर्किएका केही दर्शक यस्तै प्रश्न गरिरहेका छन् ।
भूवनले आफ्नै लगानीमा निर्माण गरेको यो चलचित्रमा नायिका जीया केसी पनि निर्माता हुन् । चलचित्रको पर्दामा जीयाको नाम ‘लाइन प्रोड्यूसर’को रुपमा देख्न सकिन्छ ।
आजसम्म जीया र आफ्नो सम्बन्धको बिषयमा केही पनि नबोलेका भूवनले यी नायिकालाई किन यति ठूलो स्थान दिए त ? के यो चलचित्रमा जीयाले पनि केही रकम लगानी गरेकी छिन् ? या भूवन केसीसँग एउटै छानामुनी बस्ने भएकाले जीयाले यो स्थान पाइन् ।
जीया र भूवन लामो समयदेखि एकसाथ बस्छन् । तर, एकसाथ बस्ने कुरा न त भूवनले नै सार्वजनिक रुपमा भनेका छन् न त जीयाले नै भनेकी छिन् । तर, चलचित्रको छायांकनदेखि भूवनलाई सघाएकी जीया चलचित्र चलेपछि हलहलमा पनि पुगेकी थिइन् ।
जेहोस्, जीया र आफ्नो सम्बन्धको बिषयमा केही पनि नखोलेका भूवनले, उनलाई पनि चलचित्रको हिस्सा बनाएर गहिरो सम्बन्धको अर्थ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्