भारतको समर्थन देउवालाई, यसरी सुनिश्चित गरेका थिए देउवाले आफ्नो जित



यस्तो डिजाइनमा आएको थियो सिटौलाको उम्मेदवारी

deuba-poudel-sitaulaकाठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका बलिया दावेदार मानिएका कांग्रेस नेता शेर बहादुर देउवालाई ११ मत नपुगेपछि पून निर्बाचन हुने भएको छ ।
तर देउवा स्रोतका अनुसार पहिलो निर्बाचनै जित्नेमा उनी ढुक्क थिए । कांग्रेसमा लामो समयसम्म प्रतिधुर्वका राजनीति गर्दै आईरहेका देउवालाई कांग्रेसभित्रका अति हिन्दुवादीहरुको समर्थन र भारतीय अतिहिन्दुवादी संस्था आरएसएसको सबै प्रकारको सहयोग रहेको स्रोत बताउँछ ।
यसअघि जस्तै नेपाली राजनीतिको हरेक आन्तरिक मामलामा हात हाल्दै आईरहेको भारतीय गुप्तचर संस्था ‘र’ र सत्ताधारी पार्टी विजेपीको माउ संस्थाजस्तै अतिहिन्दुवादी संस्था आरएसएसले कांग्रेस महाधिवेशनमा सक्रियतापूर्वक चलखेल गरेको स्रोत बताउँछ ।
संविधान निर्माणको मुखैमा भारत भ्रमणमा पुगेका नेता देउवाले विजेपीका नेताहरुसँग ‘पार्टी सभापतिमा आफुलाई सहयोग गरे नेपालमा हिन्दु राष्ट्र बनाउने सन्दर्भमा आफु सहयोग गर्न तयार रहेको’ बताएर फकिएका थिए । उसो कांग्रेस महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रिमा लडेका भ्रष्ट नेता खुम बहादुर खड्काको आरएसएससँग चर्को उठबस छँदै थिए ।
स्रोत भन्छ–देउवाले भारतीय प्रधामन्त्री मोदीलाई विश्वस्त गरेपछि संविधान निर्माण लगत्तैदेखि आरएसएस माफृत मोदीले देउवाको पक्षमा लबिङ गराएका थिए । भारतीय गुप्तचर संस्था ‘र’को समर्थन रामचन्द्र पौडेललाई भएपनि आरएसएसका नेता तथा विजेपीका पूर्व उपाध्यक्ष भगवतसिंह कुशवारीसँगै आएका अन्य सहकर्मीहरुले कांग्रेस महाधिवेशनमा काठमाडौंमै रहेर हस्तक्षेप गरेका थिए ।
साम, दाम, दण्ड, भेदका चारै नीति अख्तियार गरेको आरएसएसले नै देउवाको सुनिश्चितताका लागी कृष्ण सिटौंलाको नेतृत्वमा संस्थापनलाई फुटाएको स्रोत बताउँछ । संस्थापनलाई फुटाउँदा पौडेलको मत काटिने र देउवाको जित सुनिश्चित हुनेमा आरएसएसका योजनाकर्ताहरु विश्वास्त थिए । हुनपनि निर्बाचन परिणाम त्यस्तै देखियो ।
परिणाम अनुसार देउवाको १५६४ मत आएको छ भने पौडेलको ११६० र सिटौलाको मत ३२४ आएको छ । सिटौलाले ल्याएको मत कांग्रेसभित्रको संस्थापन पक्षकै मत हो । पौडेलको र सिटौलाको मत जोड्दा १४८४ हुन्छ । देउवाको भन्दा संस्थापनको मत यहि परिणाम अनुसार नै पनि ८० मत मात्रै कम हुन्छ । तर सिटौलाको उम्मेदवारी नपरेको हुन्थ्यो भने मतदाताहरुमा पौडेलले हार्ने र देउवाले जित्ने मनोबैज्ञानिक असर पर्दैनथ्यो र स्वतन्त्र मत पौडेलतिर खस्ने अवस्था आउँथ्यो । देउवा र भारतीय अतिवादीहरुले यहि बस्तुगत अवस्थाको पहिचान गरेर नै सिटौलाको प्यानल तयार गरेको विस्वस्त स्रोतको दावी छ ।
किन रोजाईमा परे देउवा ?
पछिल्लो समय भारतीय अतिहिन्दुवादी नेपालमा हिन्दुवादी तथा भारतीय शाषकहरु नेपालमा आफ्ना बफादार नेताको खोजीमा छ । नेपालको पहिलो राजनीतिक पार्टीमै आफु पक्षधरहरु हावी गराउन भारतीयहरु चाहन्थे । यसअघि अमेरिकी खेमाका भनेर चिनिएका देउवा र पाकिस्तानी खेमाका भनेर चिनिएका दिवंगत कांग्रेस नेता सुशिल कोईरालालाई भारतीय संस्थापन पक्षले पुरै विश्वास गरेको अवस्था थिएन ।
देउवाको पछिल्लो भारत भ्रमण र खुम बहादुर खड्का मार्फत भारत र देउवाको सम्बन्धमा सुधार आएको खड्काले कार्यकर्तामाझ खुलेआम बताउने गरेका छन् ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका नेताहरुलाई आफ्नो प्रधावमा पार्न नसकेको विजेपीले कांग्रेस र कांग्रेसकै कुनै नेतालाई ‘खल्ती’को मान्छे बनाउन जरुरी थियो ।
सिटौलाको समर्थन देउवालाई
बाहिर खुल्छन् या खुल्दैनन् । तर सभापतिका पराजित उम्मेदवार सिटौलाको अव समर्थन देउवाले रहने स्रोतले बतायो । उनी खासमा हिजै देउवाको पक्षमा थिए र महाधिवेशनको मुखसम्म मौन बसे । खुलेर देउवालाई समर्थन गर्नुभन्दा आफै उम्मेदवारी दिदाँ संस्थापनको मत तान्न सकिने अवस्थामा उठाइएको सिटौलाले देउवालाई खुलेरै समर्थन गर्नसक्ने सम्भावना जति छ त्याति नै संसदिय दलको नेतामा देउवाले सिटौलालाई समर्थन गर्ने शर्त पनि उत्तिकै छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन २४ गते सोमबार