चार्लि चाप्लिनका १० मननयोग्य भनाई



ऐना मेरो सबैभन्दा असल मित्र हो । किनकी जब म रुन्छु तब ऐना कहिल्यै हाँस्दैन ।

383141293_Chaplin_Charlie_Circus_The_01_answer_1_xlargeचार्ली चाप्लिन बीसाँै शताब्दीका एक महान कलाकार थिए । उनले संसारभरीका मानिसलाई करोडौंको ज्यान गएको दुई विश्वयुद्धको पीडा बिर्सिएर हाँस्न सिकाए । आफू हाँँँँस्य पात्र बनेर मानिसलाई हाँस्दै बाँच्न सिकाए ।

तर उनको जीवन भने पटक्कै सुखद थिएन । चार्लीको आमा र बुवा दुबै थियटरमा कलाकारका रुपमा काम गर्थे । चार्लिको बुवा धेरै रक्सी पिउँथे । पछि ३७ वर्षको उमेरमा रक्सीकै कारण उनको बुवाको मृत्यु भयो ।

विविध अभाव र संघर्षका बीच हुर्किएका चार्लीको पछि उनी मरिसकेपछि उनको लास समेत चोरी भयो । ती नै महान व्यक्तिका १० मननयोग्य भनाई यहाँ प्रस्तुत छ ।

१. ऐना मेरो सबैभन्दा असल मित्र हो । किनकी जब म रुन्छु तब ऐना कहिल्यै हाँस्दैन ।
२. यो दुनियाँमा केहीपनि स्थायी छैन । यहाँ सम्मकी हाम्रो दुःखपनि।
३. म हमेसा झरीमा हिड्न चाहान्छु । किनकी म रोएको कसैले देख्न नसकोस् ।
४. हाँसो बिना बितेको दिन बर्बाद भएको दिन हो ।
५. यदि तपाई मुस्कुराउँनु हुन्छ भने तपाईले थाहा पाउँनु हुनेछ की जीवन धेरै मुल्यवान छ ।
६. मेरो पीडा कसैलाई हाँस उठ्दो विषय हुनसक्छ । तर मेरो हाँसो कसैको पीडा बन्न सक्दैन ।
७ .केही नगरी कल्पना मात्र गर्नु बेकार छ ।
८. मलाई लाग्छ सही समयमा गलत काम गर्नु जीवनका कयौं विडम्बना मध्ये एक हो ।
९.खाँचोमा परेको साथीलाई सहयोग गर्नु राम्रो कुरा हो । तर उसलाई सधैँ समयदिन असम्भव हुन्छ ।
१०.तपाईले कहिल्यै इन्द्रेणी तबसम्म देख्न सक्नु हुनेछैन, जबसम्म तपाई तल हेरिरहनुहुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १८ गते मंगलबार