23 September 2023  |   शनिबार, अशोज ६, २०८०

दिनदहाडै महिलाको रकम चोरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२  

दाङ, फागुन १८ गते । दाङको तुलसीपुरमा दिनदहाडै एकजना महिलाको रु एक लाख ५० हजार चोरी भएको छ । सोमबार दिउँसो तुलसीपुर–८ दुधेना निवासी लबरी चौधरीको उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।

चौधरीले राष्ट्रिय वाणिज्य बैंकबाट उक्त रकम निकालेको र रकम निकासा गरी घरतर्फ फर्कने क्रममा बाटोमा धोतीमा लागेको फोहर पखाल्ने क्रममा उहाँको रकम चोरी भएको थियो ।

प्रहरीका अनुसार चौधरीले तुलसीपुर–५ बसपार्कको वधशालामा आफ्नो कपडामा लागेको फोहर पखाल्ने क्रममा पैसा राखेको ब्याग नजिकै राखेर कपडा सफा गर्ने क्रममा दुईजना सडक बालकले ब्याग चोरेर फरार भएका थिए ।

प्रहरीले रु एक लाख ५० हजार नगदसहित एउटा मोबाइल पनि रहेको झोला चोरेर भाग्ने ती बालकको खोजी जारी रहेको जानकारी दिएको छ । रासस

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२     4:29:35 PM  |