24 September 2023  |   सोमवार, अशोज ८, २०८०

गोर्खा युनाइटेड सेमिफाईनलमा प्रबेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२  

 

दुबै सेमिफाइनल सोमवार हुदै
फागुन १६ नेपालगन्ज
बाँकेमा जारी विद्यालय स्तरीय जिविस कप क्रिकेट प्रतियोगितामा गोर्खा युनाइटेड उच्च मावि सेमिफाईनलमा प्रबेश गरेको छ । आईतवार मंगलप्रससाद उच्च माविको खेल मैदानमा भएको खेलमा होलील्यान्ड उच्च मावि नेपालगन्जलाई ४४ रनले पराजित गर्दै गोर्खा युनाइटेड उच्च मावि सेमिफाईनलमा प्रबेश गरेको हो । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको गोर्खा युनाइटेड उच्चले २ ओभरमा ४ विकट गुमाउँदै एक सय १९ रन बनाएको थियो । उसका लागि रेडिमेड भूसालले ५१ ,अविशेक भण्डारीले २२ र स्पन्दन थापाले १० रन बनाएका थिए । होलील्यन्डका बलर विजय चौधरी,हिमाल खड्का, इश्वर मल्लले एक एक विकेट लिए । जवाफी एक सय २० रनको लक्ष्य पछाएको होलील्यान्ड १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा अल आउट भयो । उसका लागि सुजल रनलाले २१ विजय चौधरीले ११ रन वाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । गेर्खाका बलर विरेन्द्र बस्नेत,अविशेख भण्डारी र रेडिमेट भूसालले समान दूई÷दुई विकेट लिएका थिए । प्रतियोगितामा सोमवार दुबै सेमिफाइनलको खेल हुने भएको छ । पहिलो खेलमा एविसी रेसिडेन्टल र आइडियल तथा दोस्रो खेलमा शान्ति विद्या निकेतन र गोर्खा भिड्ने बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले जानकारी दिए । जिविस बाँके को सहयोगमा भईरहेको प्रतियोगिता १८ गते सकिनेछ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२     6:32:40 PM  |