4 May 2024  |   शनिबार, बैशाख २२, २०८१

कांग्रेस महाधिवेशनमा १० भन्दा बढी एम्बुलेन्स राखिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२  

Nepali-Congressकाठमाडौँ- नेपाली काँग्रेसको १३ औँ महाधिवेशन नजिकिँदै गर्दा गठन गरिएका समितिले आफ्ना तयारी तीव्र पारेका छन् ।

महाधिवेशन सफल बनाउन कामको बाँडफाँट गरी १३ समिति गठन गरिएका छन् । महाधिवेशनमा स्वास्थ्यको व्यवस्थापन गर्न काँग्रेस, स्वास्थ्य विभाग प्रमुख शशाङ्क कोइरालाको संयोजकत्वमा गठन गरिएको स्वास्थ्य समितिले काम तीव्र पारेको समितिका सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री उमाकान्त चौधरीले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनका लागि देशभरबाट तीन हजार १८१ प्रतिनिधिका लागि स्वास्थ्य शिविर राखिने र तिनको सामान्य स्वास्थ्य परीक्षणको व्यवस्था गरिने छ । उनले भने ‘हामीले सहभागी हुन आउने प्रतिनिधिका लागि स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिको पनि व्यवस्था गर्नेछौँ, त्यस बाहेक महाधिवेशनका समयमा आकस्मिक स्वास्थ्य समस्या परेका १० भन्दा बढी एम्बुलेन्स कार्यक्रमस्थलमा व्यवस्था मिलाउने छौँ ।’ रासस

प्रकाशित मितिः आइतवार, फाल्गुन १६, २०७२     2:53:21 PM  |