कोहलपुर, फागुन १४
नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ ।
कालिकोट चिलखामा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेले जानकारी दिए।
कालिकोटको चिलखायामा जहाज दुर्घटना भएको हो । प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ ।
स्थानीयले जहाजका ९ यात्रु घाइते र २ जनाको मृत्यु भएको खबर प्रशासनलाई गरेपनि यसको पुष्टी भइनसकेको लामिछानेले बताए ।
जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो।
घटनास्थल कालिकोट सदरमुकाम मान्माबाट २ घन्टा पैदल र २ घन्टा गाडीमा जानुपर्छ ।
विस्तृत विवरण आउन बाँकी।
प्रकाशित मिति : २०७२ फागुन १४ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्