नेपालगञ्ज– फागुन ११ । नेपाल राष्ट्र बैंकले सङ्कलन गर्ने बजार मूल्यलाई प्रभावकारी गराउन व्यवसायीहरुले सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग मूल्य शाखाको आयोजनामा आज नेपालगन्जमा आयोजना गरिएको मूल्य तथ्याङ्क सम्वन्धी अन्तरक्रियामा व्यवसायीहरुले आफुहरुलाई बस्तुको मूल्यसूची दिन कुनै समस्या नभएको भएपनि सङ्कलकहरु समन्वय गरेरमात्र आउनुपर्ने वताए ।
राष्ट्र बैंकले बजार मूल्य सङ्कलनका लागि नेपालगन्जमा दुई जना शिक्षकलाई करारमा नियुक्त गरेर खटाएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल शर्माले व्यवसायीलाई वस्तुको मूल्य सूची दिन कुनै समस्या नभएको भन्दै भन्नुभयो– ‘व्यवसायी व्यस्त भएका बेला सङ्कलकहरु आउने गरेका छन् ।
व्यापारमा व्यस्त व्यापारीहरुले त्यतिबेला समय निकाल्न सक्दैनन् । राष्ट्र बैंकले देशका ६० वटा सहर र सहरउन्मुख ठाउँबाट ४ सय ९६ वटा वस्तुको मूल्य सङ्कलन गर्दै आएको छ । त्यसैका आधारमा वस्तुको मूल्यवृद्धिको लेखाजोखा गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्