2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

१२ वर्षमा कायापलट भएको ब्राजीलको रोचक कथा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७२  

brazilकुल गार्हस्थ उत्पादनका हिसाबले संसारकै नवौँ ठूलो अर्थतन्त्र भएको मुलुक ब्राजिलको अर्थतन्त्रको बनावटको श्रेय खुला बजार र स्वदेशी उत्पादनलाई जान्छ । ब्राजीलको अर्थतन्त्र ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो हो भने पश्चिम विश्वको दोस्रो ठूलो । सन् २००० देखि २०१२ बिचमा ब्राजीलको अर्थतन्त्रले संसारकै सबैभन्दा दु्रुततर वृद्धि हासिल गर्यो । त्यो समयमा ब्राजीलको कुल गार्हस्थ उत्पादन प्रतिवर्ष ५ प्रतिशतका दरले बढेर ब्राजीलले विश्वको छैटौँ धनी मुलुकको स्थानमा आफूलाई उभ्याइसकेको थियो । सन् २०१३ देखि सो गति केही खस्कियो । १९९० को दशकमा ब्राजीलले खुला अर्थतन्त्र निर्माणका लागि चालेको विभिन्न कदमहरुले मुलुकको दिगो आर्थिक अवस्थालाई मद्धत पुर्याएको देखिन्छ । सो समयमा मुलुकले नीजि क्षेत्रलाई प्राथमिकता राखेर अघि बढ्ने नीति लिनु नै आर्थिक समृद्धिको प्रमुख कारक तत्व सावित भएको प्रष्ट हुन्छ । सन् २०१२ मा फोब्र्सले सार्वजनिक गरेको संसारका सबैभन्दा धेरै अर्बपति रहेको मुलुकको सूचीको पाचौँ नम्बरमा ब्राजील परेको थियो । ब्राजिल जलस्रोतमा विश्वकै सबैभन्दा धनी राष्ट्र पनि हो ।

ब्राजीलको आर्थिक इतिहास
१५औँ शताब्दीमा जब पोर्चुगिजहरु ब्राजील प्रस्थान गरे, २.५ मिलियनको संख्यामा रहेका त्यहाँका आदिवासी जनताहरु ढुंगे युगमै थिए । पोर्चुगिजहरुले सन् १५०० देखि १८२२ सम्म ब्राजीलमा आफ्नो शासन जमाए । सो समयदेखि १९३० को दशकसम्म ब्राजीलको अर्थतन्त्र मुलुकभित्रका एकदमै नगण्य उत्पादनमा बल्लतल्ल धानिएको थियो । पोर्चुगिजको शासन रहँदा ब्राजीलको अर्थतन्त्र चिनी, सुन र १९औँ शताब्दीदेखि कफिको व्यवसायिक उत्पादनमा टिकेको थियो । १९ औँ शताब्दीको अन्तसम्म ब्राजीलको अर्थतन्त्र अफ्रिकन दासहरुमा निर्भर रह्यो । सो समयमा अफ्रिकाबाट करिब ३ मिलियन अफ्रिकनहरुलाई आयात गरेर दास बनाइएको थियो । सो समयमा ब्राजील एक उपनिवेश राष्ट्र थियो जहाँ पोर्चुगिज लगायत ठूलो संख्यामा युरोपेलीहरुको वसोवास रहेको थियो । फ्रान्सेली, जर्मन लगायत थुप्रै मुलुकका बाह्य जनताको कब्जामा रहेको ब्राजीलमा त्यहाँका आदिवासी अर्थात डचहरुको संख्या न्युन थियो । उपनिवेशको सुरुवातसँगै युरोपबाट आएका मानिसुहरुका कारण मुलुकले आर्थिक रुपमा तीव्र गति लियो । एक तथ्यांकका अनुसार, १८८२ देखि १९३४ सम्ममा ४.५ मिलियन मानिस बसाइ सरेर ब्राजील गएका थिए ।

स्वदेशी उत्पादनमा अडेको अर्थतन्त्र
अहिले ब्राजीलको जनसंख्या २०४ मिलियनभन्दा बढी छ । प्राकृतिक सम्पदाका दृष्टिले अत्यन्त धनी मुलुक भएको र सो सम्पदाको उचित प्रयोग तथा संरक्षण भएकाले ब्राजीलियन जनता समृद्ध छन् । संसारकै दशौँ ठूलो बजारका रुपमा आज ब्राजीलले आफूलाई खडा गरेको छ । वार्षिक दशौँ मियिलन टन स्टील, २६ मिलियन टन सिमेन्ट, ३.५ मिलियनभन्दा बढी टेलिभिजन सेट, ३ मिलियनभन्दा बढीको संख्यामा रेफ्रिजरेटर लगायतका सामानहरु ब्राजीलले उत्पादन गर्दै आएको छ । साथै, इन्धन, प्रोपेन ग्यास, लुम्ब्रिकेन्ट तथा ठूलो मात्रामा पेट्रोकेमिकल उत्पादनका लागि ७० मिलियन क्युबिक मिटर पेट्रोलियम वार्षिक रुपमा ब्राजीलले उत्पादन गर्ने गरेको छ । यसका अलावा ब्राजीलमा १ लाख ६१ हजार ५ सय किलोमिटर पक्की सडक रहेको छ भने ९३ गिगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । ब्राजीलको प्रतिव्यक्ति आय सन् २००८ मा १० हजार ५ सय अमेरिकी डलर रहेको थियो । यहाँको औद्योगिक उत्पादन ल्याटिन अमेरिकाको कुल औद्योगिक उत्पादनको ५ भागको ३ भाग रहेको छ । त्यहाँको विज्ञान तथा प्रविधिको क्षेत्र भएको उपलब्धीले ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउने गरेको छ । वार्षिक रुपमा लगभग ३० विलियन अमेरिकी डलरभन्दा बढी बाह्य लगानी भित्र्याउन ब्राजील सफल भएको छ । त्यहाँको कृषि क्षेत्रमा कायम लचकताका कारण केही दशकदेखि उच्च ग्रामीण कृषि उत्पादन रहेको मुलुक बन्न समेत सफल भएको छ । यही कृषि क्षेत्र र खानीहरुका कारण मुलुकले थुप्रै विदेशी मुद्रा भित्र्यायो भने ठूलो मात्राको ऋण समेत चुक्ता गर्यो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७२     12:27:19 PM  |