5 December 2020  |   शनिबार, मंसिर २०, २०७७

नेपाल दुर्इ वर्षसम्म अन्तर्राष्ट्रिय खेलविहीन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२  

२३ वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ।  एएफसी वा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालका सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएका हुन्। यो कुनै प्रतिबन्ध भने होइन।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्ने छैन भने एएफसी र फिफाको अन्तर्राष्ट्रिय खेल तालिकाभित्र नेपाल पर्ने नहुँदा पनि नेपालले सहभागिता नजनाउने भएको हो।
नेपाली टोलीले गत वर्ष भएको विश्वकपमा छनोट हुन नसकेपछि करिब दुई वर्षसम्मको लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको हो। अहिलेसम्मको खेल तालिका हेर्दा बाह्रौँ संस्करणको साफ च्याम्पियनसिपबाहेक नेपालले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने छैन। प्रत्येक दुई–दुई वर्षमा हुने उक्त साफ च्यापियनसिपको एघारौँ संस्करण यसै वर्ष भारतमा सम्पन्न भएको थियो।
त्यतिबेलाको साफमा नेपालले लज्जास्पद हार बेहोर्दै घर फकिएको थियो । बाह्राैं संस्करणको साफ च्याम्पियनसिप भने सन् २०१७ को अन्तिममा बङ्गलादेशमा हुनेछ, त्यो नै नेपालको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। तर अर्को वर्ष बङ्गलादेशमा नै हुने बङ्गबन्धु गोल्डकपमा भने साबिक विजेताका रुपमा नेपाललाई बोलाउन सक्ने सम्भावना भने प्रबल छ । गत माघमा बङ्गलादेशमा भएको बङ्बन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले उपाधि हासिल गरेको थियो।
त्यस्तै भारतमा भएको बाह्राैं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २३ वर्षपछि स्वर्णपदक भित्र्याएको थियो। नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउँदा घरेलु फुटबल प्रतियोगितामा नै चित्त बुझाउन बाध्य हुनेछ।
अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि राष्ट्रिय टोलीलाई फुटबल खेलमा संलग्न बनाइराख्न विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए। उनले भने, “फुटबल खेल अहिले फस्टाइरहेको छ अझ यसलाई व्यवस्थापन गर्नका लागि जापानी प्रशिक्षकसँग कुरा गरिरहेका छौँ।” राष्ट्रिय सिनियर टिममा अहिले प्रशिक्षकको सिट खाली छ। अध्यक्ष श्रेष्ठले आगामी मार्चमा मैत्रीपूर्ण फुटबलका लागि मलेसियासँग समेत कुरा भइरहेको जानकारी दिए।रासस
प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२     6:56:30 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *