19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

शान्ति पुस्तकालय स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ३, २०७२  

कोहलपुर, फागुन ३
कोहलपुरमा आइतबार शान्ति पुस्तकालय स्थापना गरिएको छ । प्रो. पब्लिकले कोहलपुरमा सञ्चालन गरेको लडाकुदेखि शान्ति निर्माता सम्म कार्यक्रम अन्तरगत कोहलपुर ११, दशविगाहामा पुस्तकालय स्थापना गरिएको हो ।
आइतबार एक कार्यक्रमकाबीच स्थानीय शान्ति समिति बाँके संयोजक कृष्णमान श्रेष्ठले शान्ति पुस्तकालय तथा संवाद÷मेलमिलाप केन्द्रको उद्घाटन गरेका हुन् ।
पुस्तकालयमा हाल करिब सय बढी शान्ति र समाजसँग सम्बन्धित पुस्तकहरु राखिएको कार्यक्रमका प्रबन्ध बाबुराम पौडेलले जानकारी दिए । कार्यक्रम कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत मिनबहादुर शाहीको सभापतित्वमा भएको हो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ३, २०७२     12:07:56 PM  |