काठमाडौं, २ फागनु । आज माया प्रेम साटासाट गर्दै संसारभरी मनाइने पर्व अर्थात् प्रणय दिवस । हरेक बर्ष फेब्रुअरी १४ का दिन प्रेम दिवस अथवा भ्यालेन्टाइन डेको रुपमा मनाइन्छ ।
नेपालमा पनि केही दशक यता युवाहरुले आफ्ना प्रेमिप्रेमिकालाई विभिन्न उपहार दिएर मनाउने गर्दछन् । बिहानैदेखि प्रेम साटासाट गर्दै विभिन्न कार्यक्रम गर्दैछन् ।
आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ । ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
प्रकाशित मिति : २०७२ फागुन २ गते आइतबार
प्रतिक्रिया दिनुहोस्