गत वर्षको ‘भ्यालेन्टाइन’मा सँगै तर, यसपाली छुट्टिएका चर्चित जोडी



एजेन्सी मुम्बई, माघ २९

फेब्रुअरी १४ मा संसारभर मनाइने ‘भ्यालेन्टाइन डे’ सप्ताह चलिरहेको छ । ‘सो बिज’ दुनियाँ यतिबेला अफेयर/ब्रेकअप/प्याचअप/डिभोर्सका खाता पल्टाइरहेको छ । उसै त ‘ग्ल्यामर’ दुनियाँमा प्रेम जोडिएपछि झनै ‘ग्ल्यामरस’ बन्छ सो बिज दुनियाँ ।
विपरित लिंगीबीचको सम्बन्धका हिसाबकिताब गर्दै सफलता र असफलताको ट्याग लगाउन थालिएको छ । बलिउडमा गत वर्षको भ्यालेन्टाइनदेखि यस वर्षको भ्यालेन्टाइनसम्मका जोडीको हिसाबकिताबमा असफल रहेका जोडी यस्ता छन् । यी जोडीले गत वर्षको भ्यालेन्टाइन सँगै मनाएका थिए । यस वर्ष कोसँग मनाउँछन्, टुंगो छैन !
अनुष्का-विराट: क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले गत वर्ष सँगै भ्यालेन्टाइन मनाएका थिए । यस वर्षको भ्यालेन्टाइनको मुखैमा उनीहरु अलग्गिएका छन् । बलिउडमा पछिल्लाेपटक ब्रेकअप जाेडी अनुष्का-विराटकाे हाे ।
रणवीर–क्याट्रिनाः ब्रेकअपका विषयमा रणवीर–क्याट्रिना दुवैले अहिलेसम्म केही नबोलेपनि ब्रेकअप पक्कापक्की मानिएको छ । ६ वर्ष पुरानो प्रेम र एक वर्ष लिभइन रिलेसनसिपमा रहेका उनीहरु हालसालै छुट्टिएका हुन् ।
फरहान–अधुनाः फरहान अख्तर र अधुनाबीच १५ वर्षे लामो सम्बन्ध हालै टुटेको छ । सन् २००० मा बिहे गरेका यी दुईबीच फाटो आउनुमा अभिनेत्री अदिती राव हैदरीसँग फरहान नजिकिनुलाई मानिएको छ ।
दिव्यांका त्रिपाठी–शरद मल्होत्राः यी दुईले गत वर्षको भ्यालेन्टाइन जसोतसो मनाए तर, भ्यालेन्टाइन डे सकिएको महिना दिन नबित्दै ब्रेकअप भयो । यी दुईले मिडियाकै अगाडी आफूहरुको ब्रेकअप भएको स्विकारेका थिए । सात वर्ष प्रेम गरेर शरदसँग छुट्टिएको केही समयमै दिव्यांकाले ‘ए है मोहब्बतेँ’ का अभिनेता विवेक दहियासँग इन्गेजमेन्ट गरिन् ।
आदित्य रोय कपुर–श्रद्धा कपुरः हलमा ‘फितुर’ चलिरहेको छ । संयोगले यस वर्ष यो फिल्मका जोडी आदित्य र क्याट्रिनाको ब्रेकअप भएको छ । ‘आशिकी २’ बाट जोडिएका आदित्य र श्रद्धाबीच फाटो आउनुमा परिवारलाई प्रमुख कारण मानिएको छ । आदित्यका परिवारले श्रद्धा मन पराएपनि श्रचाका परिवारले भने आदित्यलाई मन पराएन । त्यसो त ब्रेकअप हुनुमा अर्को कारण पनि छ । आदित्य कम बोल्ने, एकान्त मन पराउने, मोजमस्तीबाट टाढा रहने स्वभावका छन् भने श्रद्धा धेरै बोल्नुपर्ने, मोजमस्ती बढी चाहिने खालकी छिन् । यसै कारणले पनि उनीहरुबीच झगडा उत्पन्न भएको मानिन्छ । ब्रेकअप भएपनि उनीहरु ‘ओके कनमनी’ को हिन्दी रिमेकमा सँगै अभिनय गर्न लागेका छन् ।
सृति झा–हर्षद चोपडाः उनीहरुले कहिल्यै पनि आफूहरुबीच प्रेम रहेको त स्विकारेनन् तर सम्बन्धमा उथलपुथलका खबर भने आइरहे । सम्बन्धकै कारणले उनीहरुले चर्चा पाए । यी दुवै ‘दिल से दी दुआ सौभाग्यवती भव’ धारावाहिकबाट जोडिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २९ गते शुक्रबार