26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपालमा हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २५, २०७२  

काठमाडौं, माघ २५ । आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक पर्यटक मेला काठमाडौंमा हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल गु्रपले आज राजधानीमा पत्रकार सम्मेलन गरी आगामी फागुन १९ देखि २८ गतेसम्म मेला गर्न लागिएको जानकारी दिएको हो ।

दश दिनसम्म चल्ने मेलामा इष्टोनिया, मेक्सिको, इन्डोनेसिया, बंगलादेश, श्रीलंकासहित विश्वका १५भन्दा बढी मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् ।

लोक संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्ने उद्देश्यले गर्न लागिएको मेला ललितपुर, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, पोखरालगायतका पर्यटकीय स्थलमा पनि सञ्चालन हुने छ ।

पर्यटक कलाकारको स्वागत सत्कार नेपाली लोक संस्कृतिको आधार भन्ने नारासहित सञ्चालन हुने मेलाले भ्रमण सुरक्षित छ भन्ने सन्देश दिने बताइएको छ ।

एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले मेला अवधिभर कलाकारले आ–आफ्नो संस्कृति झल्कने भेषभुषा लगाई विभिन्न क्षेत्रको पदयात्रा गर्ने जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, माघ २५, २०७२     2:21:47 PM  |