29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

हिप जोइन्टको सफल शल्यक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २५, २०७२  

 

केशव राना
कोहलपुर, माघ २५
काठमाडौं र भारतका सुविधा सम्पन्न अस्पतालमा मात्रै हुने ‘टोटल हिप रिप्लेसमेन्ट’ शल्यक्रिया कोहलपुरमै सम्भव भएको छ ।
मध्य तथा सुदूरपश्चिमको ठूलो अस्पताल नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले पहिलोपटक सो शल्यक्रियाका लागि आवश्यक पुर्वाधार निर्माण गर्नुका साथै सफल शल्यक्रिया समेत गरिसकेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो दुईवटा शल्यक्रिया सफल भइसकेको बताइयो ।
माघ १ गते भ¥याङ्बाट लडेर घाइते भएका कैलाली चौमाला ५ चन्नौराका ७२ वर्षिय बुद्धिराम चौधरीको भाँचिएको जोर्नी हिप जोइन्ट सफल रुपमा फेरिएको
छ ।
धनगढीबाट रिफर भएर आएका चौधरीको जोर्नी खिइसकेको र बिग्रिएपछि पूरै हिप जोइन्ट फेरिएको शल्यक्रियामा संलग्न डा. दिनेश श्रेष्ठले जानकारी दिए । उनको शल्यक्रिया माघ १७ गते भएको हो ।
हिँड्न नसक्ने चौधरी शल्यक्रियापछि भने हिँडडुल गर्न सक्ने भएका छन् । उपचार सम्भव नहुने र खर्च बढी हुने हो की भन्ने चिन्तामा रहेका चौधरी परिवार सफल शल्यक्रिया र कम खर्चमै उपचार भएपछि चिन्तामुक्त भएका छन् । बुहारी संगिता चौधरीले सफल शल्यक्रिया गर्ने डाक्टर र अस्पताललाई धन्यवाद समेत दिइन् । काठमाडौं लगायत अन्य ठाउँका अस्पतालमा ४ देखि ५ लाख सम्म खर्च लाग्ने अप्रेशन ७० देखि ८० हजारमै हुने कलेजक प्रिन्पिल एसएन मिश्रले जानकारी दिए । यसबाहेक ढाडका मेरुदण्ड भाँचिएको, नसा च्यापिपएको, हड्डी भाँचिएको सबै अप्रेशन यहीँ सम्भव भएको उनले बताए । साथै उनले निकट भविष्यमा दुरविन प्रविधिबाट जोर्नीको अप्रेशन पनि गरिने जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, माघ २५, २०७२     2:05:13 PM  |