20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बसपार्कमै बस पल्टिदा एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २४, २०७२  

अछाम,२४ माघ – अछाम सदरमुकाम मंगलसेन स्थित बसपार्कमा आईतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान पौने आठ बजे बसपार्कमा पार्किङ् गरी राखेको सदुरपश्चिम यातायातको ना ४ ख १४०३ नम्बरको बस स्टाट गर्ने क्रममा दुर्घटना हुदा बस मालिक तथा चालक मेघ प्रसाद देउवाको मृत्यु भएको हो ।
डडेल्धुरा असिग्राम गाविस भर भई धनगढी बसोबास गर्ने गाडिमालिक तथा चालक ३८ वर्षीया देउवाले बसपार्कबाट गाडी काउण्टरसम्म लैजाँनका लागि स्टार्ट गर्न खोज्दैगर्दा एक्कासी गुडेर गई ४० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन । दुर्घटनामा परी गम्भीर घाईते भएका देउवाको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक बद्री ढकालले जानकारी दिए । रिर्जभमा रहेको गाडी स्टार्ट गर्न खोज्दा टायरमा लगाईएको ढुंगा झिक्दा बस एक्कासी गुडेर पल्टिएको थियो । रिर्जभमा रहेको गाडीमा प्रेसर नभएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धनगढीबाट मृतकका आफन्त र बस व्यवसायी समितीका व्यक्ति आईरहेकोले शव जिल्ला अस्पतालको शवघरमा राखेको प्रहरी निरिक्षक ढकालले बताए । शव पोष्टमाटमपछि आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, माघ २४, २०७२     5:58:00 PM  |