कालोपत्रे गर्नका लागि कमिटि गठन



कोहलपुर, माघ २४
बाँकेको कोहलपुर बसपार्कलाई कालोपत्रे गर्नका लागि शनिबार १४ जनाको कमिटि गठन गरिएको छ । बसपार्क बजार सुधार समितिले शनिबार आयोजनाको गरेको कार्यक्रममा बोल्दै कोहलपुर
नगरपालिकाका कार्यकारी अधिकृत मिन बहादुर शाहीले कोहलपुर बसपार्कको कालोपत्रे गर्नका लागि आफुबाट हुने सहयोग गर्ने तयार रहेको बताएका छन् । कोहलपुर नगरविकास समिति, कोहलपर नगरविकास समिति, कोहलपुर अन्य संघ संस्थाहरुसँग समन्वय गर्नका लागि एक कमिटि गठन गरिएको कमिटिका सदस्य हेमविक्रम जिसीले बताए ।
मध्यपश्चिमकै व्यापारिक केन्द्र मानिएको कोहलपुरमा अवस्थित संचालित बसपार्कमा लाखौं यात्रुहरु र हजारौं व्यापारीहरुको अत्याधिक चाप र
चहलपहल हुने भएकाले तत्काल बसपार्क कालोपत्रे गर्न आवश्यक रहेको उनीले बताए ।
‘कोहलपुरको गहनाको रुपमा अवस्थित बसपार्क पिच भएमा हामी सबैको यसबाट अझ बढि लाभान्वित र गारैव हुनेछौं’ उनले भने ‘बसपार्कलाई पिच गर्नका लागि सम्बन्धित निकायमा पहल थाल्न यस नगरमा बसोबास गर्ने हामी सबैको जिम्मेवारी भएकोले यस कार्यका लागि हाम्रो आर्थिक,
बौद्धिक र भौतिक सहयोगको आवश्यकता पर्न जान्छ ।’ कार्यक्रममा कोलपुरका विभिन्न राजनीति दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २४ गते आइतबार