20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अभिभावकले बालकलाई पिट्नु हुँदैन् ः डा. कँडेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २४, २०७२  

 

कोहलपुुरर, माघ २४
‘सोचाई र बुझाईले मान्छेलाई तनाव दिने गर्छ । काम एक तिर हुन्छ, सोचाई अर्को तिर हुन्छ । त्यस्तो भयो भने मानिसले सोच्दै नसोचेको दुर्घटनामा पर्नसक्छ । सबै भन्दा त बच्चा अवस्थामै यस्ता कुरालाई ख्याल गर्नु पर्छ । कोहि बच्चा धेरै दिमाग भएको हुन्छ भने कोहि बच्चा कम दिमाग भएको हुन्छ । यस्तो किन हुन्छ भने बच्चालाई अभिभावकले गरेको व्यवहारले तय गरिदिन्छ’ यो भनाई मनोविज्ञानलाई समान्य बुझाई राष्ट्रिय कार्यक्रम केन्द्रका निर्देशक डा. सुशिल कँडेलको
हो ।
कोहलपुरमा सम्पन्न भएको मनोविज्ञानलाई समान्य बुझाई विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले अभिभावकहरुले बच्चाहरुलाई राम्रो व्यवहार गरे राम्रो हुने भन्दै नराम्रो व्यवहार गरे नराम्रै हुने
बताए ।
‘बच्चाको विकास जुन तरिकाले हुनुपर्ने हो त्यो तरिकाले भएन भने त्यो बच्चा मानसिक रुपमा ठिक छैन भनुहोस्’ उनले भने ‘त्यो बच्चालाई तत्काल उपचार गर्नु पर्छ ।’ अभिभावकहरुले बच्चाले गरेका गल्तीहरुमा गालि एवम् पिट्न नहुने उनले बताए ।
आमा बाबुले बच्चालाई संधै बच्चाका रुपमा हेर्नु पर्ने बताएका छन् । बच्चाहरुले पढ्नु भन्दा पहिला शारीरलाई सफा राख्नु पर्ने भन्दै घरमा बस्दा बच्चालाई मोटो तर खुकुलो कपडा लगाईदिनु पर्ने उनले बताए । डा. कँडेलले हाल सम्म नेपालका करिब ३ सय ५० वटा विद्यालयहरुमा मनोविज्ञानको तालिम दिईसकेका छन् भने त्यस्तै शाखाहरु पनि खोलेका
छन् ।
कोहलपुरमा रहेको बाँके मुनलाइट प्रस्तावित तक्षशिला एकेडेमीले आफ्ना विद्यार्थीहरुको मनोविज्ञान बुझिर त्यहि तरिकाले उनीहरुको विकासमा जोड दिनका लागि डा. सहितले टोली ल्याइएको बाँके मुनलाइट एकेडेमीका प्रबद्धक निर्देशक कमल पछाईले बताए । कोहलपुरमा अब मनोविज्ञान परामर्श शाखा स्थापना गरिने उनीले बताए । श्रीमान श्रीमाती बिच हुने अन्तरिक द्वन्द्व, बच्चाहरु कुलतमा पस्नु, समाजलाई स्वीकार नगरेको कार्य गर्ने जस्ता व्यक्तिहरुलाई मनोविज्ञहरुले सफल उपचार गर्ने विश्वास लिईएको र मनोविज्ञानमा समस्या आएका विद्यार्थीहरुलाई मनोविज्ञान कै डाक्टरद्वारा सफल उपचार गराईने लक्ष्य लिईएको बाँके मुनलाइट एकेडेमीका प्रबद्धक निर्देशक कमल पछाईले बताए ।
बाँके मुनलाइट प्रस्तावित तक्षशिला एकेडेमीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अभिभावकहरुले आफ्नो बच्चाका समस्या राखेका थिए ।

प्रकाशित मितिः आइतवार, माघ २४, २०७२     9:49:13 AM  |