2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

कोहलपुर मोडेल कलेजमा स्वागत कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २३, २०७२  

कोहलपुर, माघ २३
कोहलपुर मोडेल कलेजमा शुक्रबार स्वागत कार्यक्रम गरिएको छ । बिबिएस दोश्रो तथा तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले पहिलो वर्षका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा मिस्टर केएमसी पुष्कर खड्का र रनर अप जनक बिसी छनौट भए । त्यस्तै मिसेस केएमसी सोनिका वली र रनर अप तृष्णा थापा छनौट भएका छन् । त्यस्तै ‘टिचर अफ दी इअर २०७२’ मा केशव रिजाल र ‘स्टुडेन्ट अफ दी इअर२०७२’ सोनु रिजाल छनौट भए । क्याम्पस प्रमुख सञ्जिवबाबु पंगेनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख ऋषी चापागाई लगायतको उपस्थिति रहेको थियो । बिबिएस दोश्रो वर्षका विद्यार्थी सागर लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी नारायण कँडेल, अञ्जु राना लगायतले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, माघ २३, २०७२     8:28:57 AM  |