जनप्रियको तीनकोठे भवन निर्माणको शिलान्यास



कोहलपुर, माघ २३
बाँसगढी नगरपालीका २ सुन्दरबस्तीमा रहेको जनप्रिय प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणको शनिबार शिलान्यास गरीएको छ । बिल्ड अन नेपालको २५ लाख आर्थिक सहयोग र स्थानीयको ५ लाख गरी ३० लाखको लागतमा भवन निर्माण हुन थालेको हो ।
भवन निर्माणको लागि प्राविधिक सहित सहयोगी दाताहरुले आफै निमार्ण गर्ने छन् । भवन निर्माण गर्न आएका बिल्ड अन नेपालका कर्मचारी र सहयोगी दाता गरी ११ जनाको टोली रहेको छ ।
भवन निर्माण गर्ने ती दाताहरुलाई शनिबार बाजागाजा सहित स्थानीयहरुले स्वागत गरेका थिए ।
२०६५ सालमा स्थापना भएको सुकुम्बासी बस्तीमा तिन कोठे भवन जिर्न आबस्थामा विद्यालय सञ्चालन हुँदै आएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सुनारको सभातित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बेलवा पूर्र्व सचिव धनबिर रावत रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २३ गते शनिबार