क्षेत्र नं. १ को सभापतिमा खत्री निर्वाचित




कोहलपुर, माघ २३
नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट बाँके क्षेत्र नं. १ को पाटी सभापतिमा माधव के.सी. ढकाल निवार्चित भएका छन् । कोहलपुरमा शुक्रबार सम्पन्न भएको निवार्चनबाट ढकालले ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यूवराज पौडेलले ६७ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्रिय सचिवमा डिल्ली बहादुर गरीले ६९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विष्णु प्रसादले ६४ मत प्राप्त गरेका
छन् । त्यस्तै क्षेत्रिय कोषाध्यक्षमा हेम राज पौडेलले ६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नारायणी घिमिरेले ५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्रिय सदस्यहरुमा चौत राम चौधरी (७५), लक्षमण प्रसाद थारु (६९), टोप बहादुर खड्का (६८), ऋषि राज सापकोटा (६७) खडक बहादुर वली (६६), भाई राम वली (६६), नारायण थारु (६४), टिका देवी के.सी. (६४) र हरी शंकर पाण्डे (६३) विजय भएका छन् ।
त्यस्तै बाँके क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिहरुमा नारायण प्रसाद गौडेल (९०), भानुभक्त भट्टराई (७६), तत्त बहादुर पौडेल (६९), अम्बर बहादुर खड्का (६२), पूर्ण प्रसाद आर्चाय (६१) र हुर्मत कुमार न्यौपाने (६१) विजय भएका छन् भने महिला महाधिवेशन प्रतिनिधिहरुमा संगिता कुमारी थारु (७३) र मिना सिक्देल ढुंगाना (६४) विजय भएकी छिन् ।
त्यस्तै दलित महाधिवेशन प्रतिनिधिमा लिल मान परियार (७४) र मधेशी मुस्लिम महाधिवेशन प्रतिनिधिमा बालक राम यादव
(६७) विजय भएका छन् ।
त्यस्तै जिल्ला सदस्यहरुमा चिन्ता मणि धिताल (८६), लाहुराम थारु (८१), पवन कुमार शाह (७८), नम बहादुर आले मगर (७०), पे्रम राज श्रेष्ठ (६०) र महिला सदस्यमा गौरा भट्टराई (६२) विजय भएकी छिन् ।
नेपाली काँग्रेसको विधान अनुसार महाधिवेशन प्रतिनिधिहरुले जिल्ला सभापति रकेन्द्रिय कार्यसमितिका पदाधिकारीमा उम्मेद्ववारी दिन पाउने छन् । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ मा कुल मतदाताको संख्या एक सय ४३ रहेको छ । जस मध्ये शुक्रबार सम्पन्न भएको निर्वाचनमा एक सय ४२ मत खसेको थियो भने ३ मत बदर गरिएको छ । नेपाली काँगे्रस जिल्लाको अधिवेशन सम्पन्न भए पछि केन्द्रिय अधिवेशन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २३ गते शनिबार