माघ २२ कोहलपुर
कक्षा ११ को विज्ञान संकायमा ७९.४% अंक ल्याई सामुदायिक विद्यालयतर्फ बाँके जिल्ला प्रथम हुने कोहलपुर चप्परगौडीस्थित ज्ञानज्योति उच्च माविका एन्जिल रानाक्षेत्रीलाई सम्मान गरिएको छ । विद्यालयको ३१ औं वार्षिक उत्सवका अवसरमा बिहीबार विद्यालयले २ हजार नगद सहित सम्मानपत्रले रानाक्षेत्रीलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा उच्च माध्यामिक शिक्षा परिषद् नेपालगञ्ज कार्यालय कोहलपुरका सहायक कार्यालय प्रमुख गोपाल केसीले रानाक्षेत्रीलाई सम्मान गरे । त्यस्तै जग्गा दाता, विद्यालयका पूर्व अध्यक्षहरु र अक्षयकोषका संस्थापकलाई पनि सम्मान गरियो ।
कार्यक्रममा कक्षा ११ मा उत्तिर्ण हुने विद्यार्थी, आठौं रनिङ्ग शिल्डमा उत्कृष्ट खेलाडी लगायतलाई पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दशरथ पराजुलीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन प्रेम पुनले गरेका थिए ।
प्रकाशित मिति : २०७२ माघ २२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्