23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

पत्रकारले गरे सम्मान तथा बिधाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२  

माघ २१ कोहलपुर
कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द प्रसाद पाण्डेलाई क्रियाशिल पत्रकार समूह कोहलपुरले सम्मान तथा विधाई गरेको छ । कोहलपुर नगरपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै बिहीबार कोहलपुरमा पाण्डेलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द प्रसाद पाण्डेले कोहलपुरको विकासमा पत्रकारहरुको पनि महत्वपुर्णं योगदान रहेको भन्दै यसरी नगरपाकिला सँग आगमि दिनहरुमा पनि यसरी नै नगरपालिका सँग सहकार्य गनुर्् पर्ने बताए । कार्यक्रममा बोल्दै क्रियाशिल पत्रकार संघ कोहलपुरका सल्लहाकार पे्रम के.सी.ले कोहलपुर नगरपालिकाले पत्रकारहरु सँग जसरी मित्रता कायम गरेको छ यसरी नै आगमि दिनहरुमा पनि गर्ने विश्वास व्यक्त गरे । विकासको त्रिव गतिमा अगाडि बढिहरेको कोहलपुर नगरपालिकालाई अझ विकासको गतिमा अगाडि बढाउनका लागि सबै क्षेत्रबाट लाग्नु पर्ने र पत्रकारहरु पनि त्यहि तरिकाले लागि परेको क्रियाशिल पत्रकार संघ कोहलपुरका सल्लाहाकार भिम रावतले बताए ।

प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२     6:33:13 PM  |