बस्नेतलाई निलम्बन गरिएको प्रचारप्रति शक्तिको आपत्ति



माघ २०

भेरी कर्णाली विशेष ब्युरो इन्चार्ज मानबहादुर रोकाया शक्तिले नेकपा माओवादी बाँके सचिवालय सदस्य एवं जनसरकार प्रमुख सन्तोष बस्नेतलाई पार्टी नीति र विधान विपरित अराजक ढंगले एक निर्णय गरी निलम्बन गरिएको प्रचार प्रति आपत्ति प्रकट गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला समितिका कुनै पनि सदस्यहरुलाई जानकारी नै नदिई पूर्वाग्रही ढंगबाट निलम्बन भनि गरिएको प्रचार निराधा र झुठा रहेको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा ‘पार्टीका भेरी कर्णाली ब्युरो इन्चार्ज भरत बम रणवीर र चिन्तामणि घिमिरेले आफ्नो कमजोरी ढाकछोप गर्न पार्टी सचिवालय सदस्य एवं जिल्ला जनसरकार प्रमुख बस्नेतलाई निलम्बनको प्रचार गरिएको प्रति घोर आपत्ति प्रकट गरेको’ उल्लेख छ । त्यस्तै विज्ञप्तिमार्फत पार्टीलाई क्रान्तिकारी र गतिशिल बनाउन उनीहरुका गलत प्रवृत्ति र विसंगति प्रति पार्टीमा छानबिन भइरहेको पनि जानकारी गराइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २० गते बुधबार