27 January 2021  |   बुधबार, माघ १४, २०७७

गर्लफ्रेण्डलाई चुनाव जिताउन अखिल नेत्रीका ब्वायफ्रेण्ड सक्रिय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २०, २०७२  

akhil-netri

काठमाडौ २० माघ । ‘मलाई एक सय जनाले प्रेम प्रस्ताव राखे, तर मैले एक जनालाई रोजे’ अखिल नेत्री नविना लामाले रोजेका त्यही ब्यक्ति अहिले निकै ब्यस्त छन् । उनी आफ्ना लागि ब्यस्त भएका होइनन्, गर्लफ्रेण्ड नविनालाई अखिलको अध्यक्ष बनाउन उनी दिन रात मतदातासँग भोट मागिरहेका छन् ।
अनेरास्ववियूको २२ महाधिबेशन आउन अब एक साता मात्र बाँकी छ । नयाँ नेतृत्व चयन गर्ने अखिल महाधिबेशनमा नविना अध्यक्ष पदकी उम्मेद्धार हुन् । उनै नविनालाई अध्यक्ष पदमा चुनाव जिताउन उनका ब्वायफ्रेण्ड अहिले चुनावी मैदानमा खटेका छन् । पेशाले ब्यवसायी श्रेष्ठ घरका नविनाका ब्वायफ्रेण्ड पूर्व अखिल नेता पनि हुन् ।
नविनालाई मात्र होइन, अखिल नेत्रीलाई चुनाव जिताउन उनका ब्वायफ्रेण्डहरु भोट माग्न र जिल्लाबाट आउने प्रतिनिधीहरुसँग सम्पर्क बढाउन थालेका छन् । महासचिव पदकी अर्की उम्मेद्धार भक्तकुमारी लामाका प्रेमी(ब्वायफ्रेण्ड) पनि चुनावी मैदानमै छन् । लामाथर प्रेमीले आफ्नी गर्लफ्रेण्ड भक्तलाई महासचिव बनाउन कम्मर कसेको चर्चा अखिलभित्र चल्न थालेको छ । उनीहरुबीचको लामो प्रेम सम्बन्धले बैबाहिकरुपमपा लिन नसकेपनि एकले अर्कालाई निकै सहयोग गर्ने गर्दछन् । गर्लफ्रेण्ड भक्तलाई चुनाव जिताउन मतदातादेखि नेताको घरसम्म उनी धाउन थालेको स्रोतले बताएको छ ।
त्यसैगरी सुनिता उपाध्याय उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् । उनलाई चुनाव जिताउन आचार्य थरका उनको प्रेमी पनि लागि परेका छन् । पूर्वदेखि पश्चिमसम्मका प्रतिनिधीहरुसँग उनले भोट मागिरहेका छन् । सचिव पदमा आरती लामा र सम्झना अधिकारी मैदानमा छन् । यी दुवै जनाका ब्वायफ्रेण्ड पनि प्रेमिकालाई चुनाव जिताउन लागि परेका छन् । आरतीका ब्वायफ्रेण्ड लामा थरकै हुन भने सम्झनाका ब्वायफ्रेण्ड वडाल थरका हुन् ।
अखिलको पदाधिकारी पदमा धेरै महिला उम्मेद्धार छन् । पुरुष भन्दा बढि महिला उम्मेद्धार भएका कारण उनका ब्वायफ्रेण्डहरु चुनाव जिताउन सक्रिय भएका हुन् । पदाधिकारी पदमा मात्र नभई अखिलको सचिवालय सदस्य पदमा पनि धेरै महिला नेत्रीहरु उम्मेद्धार बनेका छन् । उनीहरुलाई चुनाव जिताउन ब्वायफ्रेण्डहरुले कम्मर कसेका छन् । सचिवालय सदस्यमा करुणा पराजुली मैदानमा उत्रिने भएकी छिन् । उनलाई चुनाव जिताउन घिमिरे थरका ब्वायफ्रेण्ड सक्रिय भएका छन् ।

प्रकाशित मितिः बुधबार, माघ २०, २०७२     4:54:10 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *