26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

सुर्योदय र ज्ञानज्योतिमा पुस्तकालय स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १६, २०७२  

कोहलपुर, माघ १६÷ बाँके चिसापानीस्थित सूर्योदय उच्च मावि र कोहलपुरस्थित ज्ञानज्योति प्रास्तावित माविमा पुस्तकालय स्थापना गरिएको छ । रुम टु रिड र बेस बाँकेको सहयोगमा उक्त पुस्तकालय स्थापना गरिएको
हो ।
सुर्योदयमा स्थापना भएको पुस्तकालयको कक्षा १ मा अध्ययनरत छात्रा आरती तिरुवाले उद्घाटन गरिन् भने ज्ञानज्योतिमा स्थापना भएको पुस्तकालयको उद्घाटन कोहलपुर श्रोत केन्द्रका श्रोत व्यक्ति सुनिल सिंह शाहले गरे ।
त्यस्तै विद्यालय र रुम टु रिडको सहकार्यमा पुस्तकालय निम्ति ४ कोठे नयाँ भवन निर्माण गरिएको छ । प्राथमिक तहका शिक्षा शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका निम्ती पुस्तकालयको स्थापना गरिएको सुर्योदयका प्राचार्य जयबहादुर विष्टले जानकारी दिए । पुस्तकालयमा कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि हाल एकहजार बढी पुस्तकहरु राखिएको विष्टले बताए ।

प्रकाशित मितिः शनिबार, माघ १६, २०७२     11:04:23 AM  |