25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

रणवीरलाई कट्रिनासँगको ‘ब्रेकअप’ महँगो !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२  

बलिउड अभिनेता रणवीर कपुरलाई अहिले भारतीय मिडियाले अत्यन्त धेरै फलो गरिरहेको छ । उनलाई फलो गर्नुको एउटै कारण हो, अभिनेत्री क्याट्रिना कैफसँग उनको ब्रेकअप भएको आशंका ।

यो सम्बन्धविच्छेदको औपचारिक रूपमा पुष्टि त भइसकेको छैन, तर यी दुईले अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् । पहिले सँगै बस्ने यी दुई छुट्टिएपछि उनीहरूको सम्बन्धमा खटपट पक्कै भएको हो भन्ने अड्कलबाजीलाई थप सहयोग पुगेको भने छ ।

ब्रेकअप भएको स्वतन्त्र पुष्टि नभए पनि यी दुईको सम्बन्धमा उतार–चढाव आइसकेको असर भने देखिइसकेको छ । यो सम्बन्धविच्छेद रणवीरलाई अत्यन्त महँगोसावित भएको छ । यसैका कारण उनले २१ करोड भारतीय रुपैयाँ घाटा व्यहोर्नुपरेको छ । रणवीरले पहिले नै भुक्तान गरिसकेको एउटा अपार्टमेन्ट छोड्नुपरेकाले यो घाटा व्यहोर्नुपरेको हो ।

खासमा उनले कार्टर रोडस्थित सिल्भर स्यान्ड अपार्टमेन्टमा इन्सुरेन्सका लागि यो पैसा बुझाएका थिए । तर, अहिले उनले यो ठाउँ छाडिसकेका छन् । अब उनले त्यो पैसा फिर्ता पाउनेछैनन् । त्यहाँ नै बसिरहेकी क्याट्रिनाले भने यो पैसा अन्त्यमा पाउनेछिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२     11:28:38 AM  |