जाजरकोट, १५ माघ । सुर्खेतमा सुन चोरी गर्ने व्यक्ति जाजरकोटमा बिहीबार पक्राउ परेका छन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १७ लाटीकोइलीका पदम श्रेष्ठको घरबाट सुनका विभिन्न गहना बुधबार बिहान चोरी गर्ने सुर्खेत छाप्रे– ६ का ४० वर्षीय गोपाल बुच्चा मगरलाई जाजरकोट सदरमुकाममा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले मगरका साथबाट एक थान औँठी र १५ हजार बरामद गरेको छ । श्रेष्ठको घरबाट एक तोलाको मङ्गलसुत्र, १२ आनाको बाला र एक आनाको औँठी चोरी भएको प्रहरीले बताएको छ । रासस
प्रकाशित मिति : २०७२ माघ १५ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्