जब सलमानले केटरिनालाई भने, ‘म तिम्रो लागि पागल छु..’



salman katrina

एजेन्सी, माघ ११ । केटरिना कैफ अहिले बलिउडमा स्थापित छन् । उनलाई बलिउडमा भित्र्याउने र सफल बनाउने श्रेय जान्छ अभिनेता सलमान खानलाई । कुनै समय प्रेम सम्बन्धमा रहेका सलमान र केटरिनाबीच अनवन भएपछि उनीहरु अलग भएको बताइन्छ । सलमानलाई छोडेर रणबीर कपुरसँग नजिकिएकी केटरिनाको रणबीरसँग पनि ब्रेक अप भैसकेको छ ।

अलग भएपछि केटरिनाको बारेमा खासै प्रतिक्रिया नदिएका सलमानले अहिले केटरिनाका लागि आफु पागल रहेको बताएपछि यो समाचारले बलिउडमा राम्रै स्थान पाएको छ । नयाँ फिल्म फितुर को प्रोमोशनका लागि सलमानको शो बिग बोसको फाइनलमा पुगेकी केटरिनालाई सलमानले भने पुरै भारतसँगै म पनि तिम्रो लागि पागल छु । साथै सलमानले अहिले सम्म केटरिना जस्तो बलवान युवती नभेटेको समेत बताए ।

सलमानले यसो भनिरहँदा केटरिना मात्र मुस्काएको भारतीय मिडियामा समाचार छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ११ गते सोमबार