26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘पूर्वाञ्चल स्टार’ प्रकृतीको सांगीतिक दौड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ ६, २०७२  

 काठमाडौं, माघ ६ । पूर्वाञ्चल सिङ्गिङ स्टार बनेछि नेपाली सांगीतिक क्षेत्रमा चम्किन थालेकी गायिका प्रकृति थलङ लिम्बु यतिबेला ‘नेपाली स्टार’ बन्ने दौडमा छिन । उनलाई साथ दिएका छन् सांगीतिक पृष्ठभूमीकै बुबा केन्द्र विक्रम, दाजुहरु कुशल र कन्चनले ।

त्यतिमात्र होइन उनको नयाँ एल्बम ‘प्रकृति’का लागिशब्द भरिदिएका छन् ब्रिटिस र सिंगापुर लाहुरे देखि व्यवसायीक गीतकारहरुले । पहिलो एल्बममा राम्रा शब्द र संगीतको साथ पाएकी प्रकृतीले धेरै गीत गाएकी छैनन । तर जति गाएकी छिन ती सबै ओझपूर्ण र उत्कृष्ट छन् ।

‘प्रकृति’ एल्बममा लाहुरेहरुका शब्दले आम नेपालीहरुको भावनालाई ‘टच’ गरेको छ । प्रकृतिले स्वर दिएर शब्दहरुलाई न्याय गर्ने प्रयास गरेकी छिन् । ‘लन्डनमा पुग्दा भुल्छौ भने मेरो भन्नु केही छैन’ बेलायतमै रहँदै आएका पूर्व गोर्खा लाहुरे एकराज नेम्बाङले सिर्जना गरेको यीनै शब्दहरुले विदेशिनेको भावना बोलेको छ ।

साहित्य सिर्जना देखि गीत लेखनमा अब्बल भूपु लाहुरे किरण टी लिम्बुले ‘तिमी रुँदा’ बोलको गीतमार्फत प्रकृतिलाई ‘स्टार’बनाउने प्रयास गरेका छन् । सिंगापुर लाहुेर स्वप्निल लिम्बुले ‘आफ्नो जन्मघर’ बोलको गीत सिर्जना गरेर प्रकृतीलाई माथि उठाउने कोशिस गरेका छन् ।

ताप्लेजुङमा जन्मिएकी प्रकृतीलाई इजरायलमा रहेकी इशा लावती लिम्बुदेखि बुबा केन्द्र विक्रम, स्पन्दन विनोद, मनोज केसी, पूर्ण पाल्पालीले पनि उत्कृष्ट शब्द सिर्जना गरेर मद्दत गरेका छन् ।

प्रकृतीलाई संगीतमा साथ दिनका लागि मान थलङ राई, ताराप्रकाश लिम्बु, कन्चन र कुशल थलङ, कृष्ण भक्त राई, विनोद खम्बु, जनम राई उभिएका छन् । ब्रिटिस गोर्खा नेपाली परिषद, बेलायतमा आबद्ध रोमियन बनेमको ‘चेलीमाइती इन्टरनेशनल फिल्म’ ले ‘प्रकृति’ एल्बमलाई प्रवद्र्धनमा सहयोग पुर्‍याएको छ ।

प्रकाशित मितिः बुधबार, माघ ६, २०७२     5:43:18 PM  |