नर्सिङ करिअर कसरी सुरु गर्ने ?



  ०७२ माघ ५ गते

nurseतपाई नर्सिङको फ्रेस प्रोडक्ट हुनुहुन्छ । अथवा लामो समयदेखि काम गर्नुभएको एक अनुभवी नर्स हुनुहुन्छ । तर, तपार्इंमा क्षमता हुँदैमा नर्समा नयाँ भर्ना हुन त्यति सजिलो छैन् । अधिकांश समय नयाँ आवेदन दिँदा तपाईं अस्वीकृत हुन सक्नुहुन्छ । यसले तपाईंलाई केही चोट परेको होला । तर, दुःखि हुनु पर्दैन किनकी यो एउटा नियमित आकस्मिकता हो ।

पहिलो पटक सेवा प्रवेश गरेका नर्सहरुका लागि केही टिप्स यस प्रकार छनः

आत्मग्लानी बोध नगर्नुहोस्ः

तपाईंको हातमा केबल नर्सिङको सर्टिफकेट (पीसीएल)मा छ भन्दैमा आत्मग्लानी हुनु पर्दैन । तपाई धेरै लामो नर्सिङ यात्रा तय गरिसक्नु भएको छ, तथपी सो यात्रा पुरा गर्न अझै बाँकी होला । एउटा सक्षम र सफल नर्स बन्छु भन्ने भावनलाई एक पटक मनन गर्नुहोस् । आफूले नर्सिङ सेवा गर्न सक्छु भन्ने आत्वविश्वासलाई झनै दह्रो बनाउनुहोस् ।

बायोडाटा अवमुल्यांकन नगर्नुहोस्ः

कहिल्यै पनि आफ्नो बायोडाटा अबमूल्यांकन नर्गनुहोस् । तपाईंको रोजगारदाताले देख्ने यो पहिलो विषय हो । बरु यसलाई पढ्न योग्य बनाउनुहोस् । आफ्नो बजारीकरण गर्नुहोस् । बायोडाटालाई राम्रोसँग अपडेट गर्नुहोस्, ताकी तपार्इंको रोजगारताले तपाईलाई ‘हायर’ गर्न सोचुन् । बायोडाटामा सबै सान्र्दर्भिक विषय राख्न नछुटाउनुहोस् । आफ्ना सबै विवरण, तालिम, सेमिनार र विशेष सीप उल्लेख गर्न नछुटाउनुहोस् ।

सेवा गर्ने सोच बनाउनुहोस्ः

सेवालाई सयमको बर्बादी नसोच्नुहोस् । काम गर्न दिक्क नमान्नुहोस । सेवाले करिअरमा थप अघि बढ्न उत्प्रेरित गर्छै । तपाईंले कुनै ठाउँमा सेवा गर्नु भयो भने काम बारे बुझ्ने अवसर मिल्छ ।

सञ्जालमा रहनुहोस् । बाहिर निस्कनुहोस् र मानिसलाई भेट गर्नुहोस् । तपाईंको पेसासँग सम्बन्धित विभिन्न वैठकमा सहभागी हुनुहोस् । संघसंगठनमा आबद्ध हुनुहोस् । पेसागत सम्बन्ध बढाउनुहोस् । जसले तपाईंलाई अवसर प्राप्त गर्न सघाउँछ ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ५ गते मंगलबार