19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

किशोरावस्थामै यौनसम्पर्क राख्नेलाई यौनरोगको खतरा (अध्ययन)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ३, २०७२  

 

sex_education1एजेन्सी – सानै उमेरमा नै यौन सम्पर्क गर्ने किशोर–किशोरी यौनजन्य रोगको संक्रमणको उच्च खतरामा हुने एक अध्ययनले देखाएको छ । उनीहरुमा गोनोरिअ, साइफिल्स, चाल्माइडिया, एचआईभी लगायत अन्य संक्रमण हुने अध्ययनमा उल्लेख छ ।
यौन सम्पर्कबाट सर्ने सरुवा रोग विश्वव्यापी रुपमा नै चिकित्सकीय र मनौवैज्ञानिक समस्या हुन् । ‘सानो उमेरमा नै यौन सम्पर्कको लागि पहल गर्नाले एसटीआइको वृद्धि देखाउँछ’, अनुसन्धानकर्ताहरुले भने ।
‘जब उमेरको अन्तर घट्छ एसटीआईको खतर झनै बढ्छ । पहिलो यौन सम्पर्कको समयलाई ख्याल गर्न हाम्रो अध्ययनले सुझाब दिएको छ ,’ अध्ययनमा भनिएको छ ।
अध्ययनका लागि सिउलस्थित योन्सी युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले कोरियाली राष्ट्रिय सर्वेक्षणको तथ्यांकको प्रयोग गरेका थिए । कोरियाली रोग नियन्त्रण तथा उपचारात्मक केन्द्रले वार्षिक रुपमा कोरियाली  युवाहरुको खतरनाक स्वभाव बारे वार्षिक अध्ययन गर्छ । सोही अध्ययनका आधारमा प्राप्त तथ्यांकका आधारमा अनुसन्धानकर्ताहरु यस्तो निस्कर्षमा पुगेका हुन् ।
सानै उमेरमा यौन सम्पर्क गरेका २२ हजार ३ सय ८१ किशोर किशोरीको यौन अनुभवलाई अध्ययनमा विश्लेषण गरिएको थियो । करिब ७ दशमल ४ प्रतिशत किशोर र ७ दशमलब ५ प्रतिशत किशोरीले एसटीआई भएको बताएका थिए । जति सानो उमेरमा यौन सम्पर्क हुन्छ त्यति नै एसटीआईको खतरा भएको उनीहरुको अनुभवले देखाएको थियो ।
१२ कक्षामा यौन सम्पर्क गर्ने किशोर किशोरीको तुलनामा सात कक्षमा अध्ययन गर्ने किशोर किशोरीमा यौन सम्पर्क गर्नेमा एसटीआईको बढी खतरा भएको युथ हेल्थ म्याग डटकमले जनाएको छ । अध्ययनको नतिजालाई जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित गरिएको छ ।

प्रकाशित मितिः आइतवार, माघ ३, २०७२     11:27:20 AM  |