यसकारण कम खानुहोस् नुन



 

big-saltकम नुनको अर्थ निश्चय नै स्वादमा गडबढी हो । तर यसले तपाईको स्वास्थ्यमा भने राम्रो अर्थ राख्छ । धेरै नुन खाँदा मुटु, फोक्सो, किड्नी र अन्य अंगमा पनि नकारात्मक प्रभाव पार्छ । तपाईलाई लाग्छ होला, थोरै बढी नुनले शरिरलाई केही हानी गर्दैन । नुनले रातारात हानी गर्ने होइन । तर चर्को नुन खाँदा तपाईको शरिरमा विभिन्न तरिकाले हानी गरेको हुन्छ ।

उच्च रक्तचाप बढाउछ

 

अत्याधिक नुनको मात्राले रगतलाई नै पानी बनाइदिन्छ भन्ने एउटा पुरानो भनाई पनि छ । यसलाई पौराणिक भनाई बताईए पनि यसमा कतिपय सत्यता पनि रहेको छ । शरिरमा नूनको मात्रा धेरै भएमा नून भिज्न शरिरलाई अत्यधिक पानी वा तरल पर्दाथको आवश्यकता पर्छ । तर्सथ शरिरको कोषले पानीको मात्रा रोकी रगत बढाइदिन्छ । जसका कारण रक्त नली र मुटुको बढी प्रयोग हुन्छ (रगत बढी पम्प गर्नुपर्ने भएकोले ) ।

केही समयपछि रक्तनली साँगुरिन्छ र परिणामस्वरुप उच्च रक्त चाप र ह्दयघात लगायत मुटुसँग सम्बन्धित विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । नुनको मात्रा घटाउदा उच्च रक्त चाप र मुटुजन्य रोगबाट बच्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

स्ट्रोकको खतरा

 

स्ट्रोक र अन्य मुटुसँग सम्बन्धित रोगहरुको मुख्य कारक तत्व उच्च रक्तचाप हो । विकसित देशहरुमा ६२ प्रतिशत स्ट्रोक र ४९ प्रतिशत धमनीसँग सम्बन्धित रोगको प्रमुख कारण उच्च रक्तचाप नै हो । र, रक्तचापलाई खतरनाक तहमा पुयाउने एक मात्र तत्व हो नुन । बढ्दो उमेरसँगै उच्च रक्तचापको पनि उत्तिकै खतरा हुन्छ । तसर्थ नुनमा केही नियन्त्रण गरेमा मुटुसँग सम्बन्धित जुनसुकै रोगबाट बच्न सकिन्छ ।

पेटको क्यान्सर

 

नुनको मात्रा बढी भयो भने पेटको क्यान्सरको पनि उत्तिकै खतरा हुन्छ । नुनमा हुने नाइट्रेटले पेटमा अल्सर सम्म हुन्छ । नुनले पेटका सुरक्षित पत्रहरुलाई समेत क्षति पुयाउछ जसका कारण एच पाइलोरी जस्ता व्याक्टेरियाको संक्रमण हुने र सजिलै पेटको क्यान्सर निम्त्याउछ ।

हड्डी कम्जोर बनाउछ

 

अत्यधिक नुनको प्रयोगले शरिरको हड्डीको क्याल्सियम विलिन गराइदिन्छ र पिसाबबाट हराउछ । यसले तपार्यको हड्डी कम्जोर हुन्छ । धेरै नुनिलो खानाका कारण हाइपरटेन्सनबाट पीडित हुनुहुन्छ भने तपाइका हड्डीहरु कम्जोर हुन्छन् र विभिन्न प्रकारका रोगको जोखिममा पर्नुहुन्छ । तपाईको जति उमेर बढ्दै जान्छ हड्डी कम्जोर हुने खतरा पनि त्यति नै बढ्छ  । तसर्थ तपाईले जीवनभर बढी नुनिलो खाने कुरा खानुभएको छ भाने हड्डी भाचिने र धुँडाका जोर्नीको समस्याबाट पीडित बन्नुहुन्छ ।

किड्नीमा हानी गर्छ

 

यो सेतो विषले तपाईको किडनीलाई धेरै तरिकाले हानी गर्छ । अझ तर्पामा हाइपरटेन्सन वा सुगर छ भने त धेरै नुन खानु विष बराबरजस्तै हो । तपाइको मुटुलाई जस्तै रगतका विकारलाई छानेर शरिरमा सफा रगत पास गर्न निकै धेरै काम गर्नुपर्छ । समयवित्दै जाँदा किड्नीमा भएको रक्त कोशिका कम्जोर हुन्छ र विस्तारै किड्नी फेल हुन्छ । धेरै नुनिलो खानका कारण हुने बोन मेटाबोलिजमले पनि किड्नी फेल गराउछ । कहिले काही नुनको मात्रा घटाए पनि किड्नी फेल अपरिहार्य हुन्छ । तसर्थ रोग लाग्नु भन्दा अगाडि नै सावाधानी हुनुहोस । सानैदेखि नुनको मात्रा कम खानुहोस ।

डायबिटिज विगार्छ

 

डायबिटिज र हाइपरटेन्सन सँगसँगै हुन्छ । अत्यधिक नुन सेबनले हाइपरटेन्सन बढाउछ र अन्तमा रगतमा सुगरको मात्रा बढाउछ ।

शरिर झुमल्छ, दिमाग कम्जोर बनाउछः नुनको बढी सेबनले डिमेन्सिअ (भुल्ने रोग) लाग्ने र दिमागको क्षमतालाई निस्कृय बनाउछ ।

मोटो बनाउछ

 

मोटोपन र नुनबीच पनि घनिष्ट सम्बन्ध रहेको छ । प्राय मोटा मानिसहरले नुनिला खानेकुरा खाने गरेको पनि विभिन्न अध्ययनले देखाएको छ । नुन बढी खाँदा बढी तिर्खा लाग्ने र पानी पिउदा शरिरलाई नै फुलाएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ३ गते आइतबार