5 December 2020  |   शनिबार, मंसिर २०, २०७७

ब्वाईफ्रेण्डहरुबाट पैसा उठाउँदै विदेश घुम्दै युवती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७२  

 

2FB3820300000578-3379950-image-m-27_1451559072471२५ वर्षकी एक अमेरिकी युवती अचम्मको यात्राका लागि इन्टरनेटबाट शुभकामना मागिरहेकी छिन् । अमेरिकाको अल्बामा बस्ने यी युवतीले आफ्नो कुनै पनि पैसा खर्च नगरी ९ देश घुमिसकेकी छिन् । मोनिका लिनले नचिनेका थुप्रै व्यक्तिसँग डेटिंग गरिन् र जवाफमा ति पुरुषहरुसँग भ्रमणका लागि सहयोग खर्च मागिन् ।

उनको कथा इन्टरनेशनल मिडियामा प्रकाशित भएपछि सोशल साइटमा भाइरल बनेको छ । उनले अनलाईनमा भेटिएका मान्छेसँग डेट गर्ने बताएकी छिन् । तर उनी डेट जानुअघि पुरुषको हैसियत जाँच्छिन् । उनी डेटिंगका दौरान पुरुषहरुले सेक्सका लागि दबाब नदिएको दाबी गर्छिन् ।

मोनिकाले गत वर्षको जनवरीदेखी डिसेम्बरको बीचमा दुबई, हंगकंग, इटली , इन्डोनेशिया लगायतका देश घुमिन् । उनी कुनै समय आर्थिक सल्लाहकारको काम गर्थिन् । तर संसार भ्रमण गर्ने उद्धेश्य राखे उनले यो पेशा छाड्ने निर्णय गरिन् । मोनिकाका अनुसार यदी आफ्नै पैसाले यात्रा गर्ने योजना बनाएको भए उनलाई पैसा जम्मा गर्न वर्षौ लाग्ने थियो ।

उनको यसरी यात्रा गर्ने आइडिया मिस ट्राभल नामक बेभसाइटबाट सिकिन् । यस डेटिंग साइटमा एकल व्यक्तिहरु आफ्ना संभावित डेटिंग पार्टनरसँग घुम्नका लागि पैसा खर्चन तयार हुन्छन् । रोचक कुरा, जनवरी २०१५ अघि मोनिका अमेरिका छाडेर कुनै देश घुम्न निस्केकी थिइनन् । उनले एकपटक विदेशको यात्रा थालेपछि लगातार यात्रा गरिन् ।

प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७२     12:04:30 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *