घटना हो बेलायतका । लण्डनस्थित प्लेमाउथ सहरमा रहेको एक नाटकघरमा हाँस्यव्यंग्य प्रस्तुती हेरेर हाँसो खप्न नसकेपछि एक महिलाले निर्धारित डेट भन्दा २ महिना अघि नै बच्चा जन्माइन् । कलाकारको कमेडी प्रस्तुतीका कारण हाँसो थाम्न नसकेपछि उनी यति धेरै हाँसिन् की हाँसोकै कारण उनलाई सुत्केरी व्यथा नै सुरु भयो र उनले बच्चा जन्माइन् पनि ।
क्रिस्टी नामकी ती गर्भवती महिलाले नाट्यघरमा क्रिसमसको अवसरमा आयोजित हाँस्यव्यंग्य कार्यक्रम हेरिरहेकी थिइन् । कलाकार गोक वानले कमेडी प्रस्तुती दिइरहेका थिए । उनको प्रस्तुती यति दमदार थियो की क्रिस्टीले शो अवधिभर हाँसो थाम्न सकिनन् । जोडसँग हाँसिरहँदा उनलाई प्रसव पीडाले चेँप्यो र उनलाई तत्कालै डेरिफोर्ड अस्पताल लगियो । अस्पतालमा उनले छोरो जन्माइन् र उसको नाम रुबेन राखियो ।
छोरो पाएपछि क्रिस्टीले शोसल मिडियामा लेखिन्ः शो हेर्दा म यति जोडसँग हाँसिरहेकी थिएँ की त्यसै कारणले गर्दा मेरो बच्चा यो दुनियामा आयो । उनले बच्चा जन्माउने निर्धारित डेट भन्दा २ महिना अघि नै बच्चा जन्माएकी हुन् । उनलाई फेब्रुअरीमा बच्चा जन्माउने डेट दिइएको थियो ।
डाक्टरका अनुसार यो हाँसोबाट सिर्जित दबाबको असर हो । सामान्य रुपमा यस्तो नहुने भएपनि जब निरन्तर रुपमा खितितिती हाँसिन्छ तब समयभन्दा पहिले नै बच्चा जन्मिने पनि हुनसक्छ ।
दर्शकले आफ्नो नाटकघरको प्रस्तुतीकै कारण बच्चा जन्माएको समाचार सुनेपछि थिएटरका प्रवक्ताले खुसी व्यक्त गर्दै भनेका छन् हाम्रो कारण बच्चा जन्मिँदा हामी निकै खुसी छौँ ।
प्रतिक्रिया दिनुहोस्