काठमाडौं, पुस १९ । एक बर्ष अघि पति श्रीकृष्ण श्रेष्ठ गुमाएकी नायिका श्वेता खड्का के गर्दैछिन भन्ने चासो शुभचिन्तकहरुलाई हुनु स्वाभाविकै हो । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेकी उनी फिल्ममा फर्कने बताइए पनि तत्काल फिल्ममा नआउने सोचमा छिन ।
फिल्ममा आउनेबारे फिल्मी पत्रकारको प्रश्नमा उनले अहिले नै फिल्म क्षेत्रमाआउने कुनै योजना नभएको बताइन् । सँगसँगै श्वेताले फिल्म निर्माणको पनि संकेत गर्दै अभिनेत्री या निर्मात्री जे बनेर पनि यो क्षेत्रमा आउन सक्ने बताईन् । तर केही समय भने सामाजिक कार्यमै सक्रिय हुने जानकारी गराइन ।
केहि दिन पहिले एक अनलाईनले श्वेताले तीनवटा स्कृप्टमा काम गर्ने तयारी गरेको समाचार आएकै समयमा दिवंगत पति श्रेष्ठको जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा उनले परिवारको सल्लाहमा नै आफूले अब हरेक काममा हात हाल्ने बताईन् ।
त्यसो त श्वेतालाई फिल्ममा लिनको लागी धेरै निर्माता निर्देशकहरुले कदम चालेपनि कोही पनि सफल हुनसकेका छैनन् । रोज राणाले बनाउने भनिएको फिल्म ‘पर्शुराम’मा पनि उनले अभिनय गर्ने चर्चा चल्यो तर अन्तिममा उनले नगर्ने बताइन् ।
हेरौं श्वेता आफ्नै व्यानरबाट निर्मात्री र अभिनेत्री दुबै हुँदै आउँछिन् या अरु कसैको प्रोजेक्टमा समेटिन्छिन् त्यो हेर्न केही समय कुर्नैपर्ने हुन्छ ।
अभिनेता स्व. श्रेष्ठको जन्मदिनको दिन स्वेताले चण्डोल स्थित ‘घर–आँगन नेपाल’ आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई आवश्यक जाडोका लुगा, ब्ल्याङ्केट, बेड कभर एवम् अन्य आवश्यक सामग्रीहरु प्रदान गरेकी थिइन ।
पती गुमाएपछि लामो समयसम्म भावुक बनेकी श्वेता यतिबेला ‘फ्रेस’ हुने प्रयासमा छिन । ‘मेरो जिन्दगीमा अब खुशी आउँदैन होला’ भनेर फेसबुकमा स्टाटस राखेर शुभचिन्तकलाई भावुक बनाएकी उनी विभिन्न सामाजिक कार्यहरुमा देखिन थालेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्