19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

यी ३ युवकले गर्दैछन् एकआपसमा बिहे, बच्चा समेत पाउने योजना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १९, २०७२  

3 main married

बदलिँदो जमानासँगै विश्वका केही देशमा समलिंगी विवाहले समेत मान्यता पाएको छ । तथापि तिनजना लोग्ने मानिसले आपसमा बिहे गर्ने र बच्चा समेत जन्माउने योजना तय गर्ने भन्ने कुरा सुन्दैमा अनौठो लाग्दो छ । अनौठो त लाग्छ नै, तर क्यानडामा भने यो यथार्थमा परिणत हुँदैछ । क्यानडाका ३ जना समलिंगी युवकले एक आपसमा बिहे गर्दैछन् ।

ती तिनजना मध्ये दुइजनाले त यसअघि नै एकअर्कासँग बिहे गरिसकेका छन् र त्यसमा तेश्रो युवक पनि थपिँदैछन् ।

क्यानडाको नोवा स्कोटियामा बस्ने २७ वर्षका एमड र २९ वर्षका शायनबीच सन् २०११ मै विवाह भएको हो र एक वर्षपछि उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए । उनीहरुबीच सम्बन्ध विच्छेद हुनुको कारण थियो, दुवैजनाले अर्को एकजना पुरुषसँग बिहे गर्न चाहन्थे र ती तेश्रो पुरुषको नाम हो, सेबेस्टियनट्रान ।

सन् २०१२ मा एडम र सायनसँग एक नाइट क्लबमा सेबेस्टियनको चिनापर्ची भएको थियो र त्यससँगै उनीहरुले एक अर्कालाई मन पराउन थालेका थिए । त्यसपछि तिनैजनाले निर्णय गरे की उनीहरुले अब त्रिगल अर्थात् थ्रीसम जोडी बनेर जिन्दगी बिताउनेछन् र भविष्यमा बच्चा पनि जन्माउनेछन् ।

3 main 2

तर यो सरल थिएन । क्यानडाको कानून यसको मुख्य बाधक बन्यो । पुरुष भैकन बच्चा जन्माउन झनै सजिलो थिएन । तर उनीहरुले यी सबै समस्याको समाधान खोजिछाडे ।

चिकित्सा क्षेत्रसँग सम्बद्ध यी तिनैजनाले यसका लागि वकिल तथा आफ्ना बहिनीहरुको सहयोग लिए । क्यानडामा एक व्यक्तिभन्दा बढिसँग विवाह गर्नु अर्थात् बहुविवाह गैरकानूनी मानिन्छ । तर उनीहरुका वकिल अहिले यहीँ कानूनको विरुद्धमा कानूनी लडाइँमा जुटेका छन् र फैसला आफ्नो पक्षमा आउनेमा ढुक्क छन् उनीहरु ।

3 main

आपसमा बिहे गरेका यी तिनैजनाको बच्चा जन्माउने योजना अलिक अनौठो तथा अपाच्य जस्तो छ । एकैसाथ तिनवटा बच्चा जन्माउने योजना बनाएका उनीहरु आ आफ्ना बहिनीहरुलाई भाडाका आमा बनाउन चाहन्छन् । बहिनीहरुका डिम्बहरुको सहायताले बहिनीहरुमै गर्भाधारण गराएर सेरोगेसीका माध्यमबाट बच्चा जन्माउने लक्ष्य उनीहरुको छ ।

प्रकाशित मितिः आइतवार, पुस १९, २०७२     11:23:42 AM  |