4 May 2024  |   शनिबार, बैशाख २२, २०८१

न्यायकर्मी र कानुन व्यवसायीसँग अन्तरक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२  

कोहलपुर, मंसिर १५
मानव बेचबिखनका बिरुद्ध बाँकेका न्यायकर्मी तथा कानुन ब्यवसायीहरुसंग अन्तर्कृृया कार्यक्रम गरिएको छ । माइती नेपाल र जिल्ला बार एसोसियशन बाँकेको संयुक्त आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयमा महिला तथा बालबालिकाहरु हराउने क्रमले मानबबेचबिखनको अवस्थामा चिन्ताजनक अवस्था आएको बताइएको छ ।
कार्यक्रमलाइ सहजीकरण गर्दै माइती नेपालका क्षेत्रिय संयोजक केशब कोइरालाले वार्षिक १० देखी १२ हजारको हाराहारीमा नेपाली महिला तथा बालबालीकाहरु भारतमा बेचिने गरेको बताए । उनले खाडि मुलुकमा समेत उमेर बढाएर बालिकाहरु जाने क्रममा वृदि भएको बताए । अबैध रुपमा खाडिमुलुक जाने महिला तथा युवतीहरुले शारिरिक तथा मानसिक यातना पाउने गरेको उनले बताए ।
कोइरालाले राज्यले मानब बेचबिखन तथा ओसारपसार नीति निर्देशन नियमावली २०६५ जारी गरेपनि हाल सम्म पनि उद्धार संयन्त्र गठन गर्न नसक्दा राज्य पनि सामाजीक संघ सँस्थाको भर पर्नुपरेको उल्लेख गरे । उनले पछिल्लो समयमा यौनशोषण श्रमशोषण, तथा अंग प्रत्यारोपणका लागि पनि महिला तथा बालबालीका बेचबिखन हुने गरेको
बताए । कार्यक्रमलाइ सहजीकरण गर्दै अधिबक्ता पदम पाण्डेले अनुसन्धान पद्धती फितलो हुँदा अपराधमा बृदि भएको उल्लेख गरे । उनले अपराधको मुख्य दोसीलाइ पक्राउ गर्न छाडेर ओसापसार गर्ने व्यक्तिहरुलाई मात्रै पक्राउ गर्ने पद्धतिले अपराधमा बृद्धि भएको बताए ।
जिल्ला बार एसोसिएसन बाँकेका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तानन्तरण समेत गरिएको
थियो । पद हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका पुर्ब केन्द्रिय उपाध्यक्ष प्रलाहद बहादुर कार्किले नबनिर्बाचित पदाधिकारीहरुलाइ शुभकामना ब्यक्त गरे । उनले न्यायपालीकाका सन्दर्भमा सामाजीक उत्तरदायित्व बोकेका कानुन ब्यबसायीहरुको समाजप्रति ठूलो जिम्मेवारी रहेको बताउँदै सबै दायित्वलाइ सम्बोधन गर्दै न्यायपलिकामा मात्रै सिमीत नभएर समाजिक अभियन्ताको हैसीयतले निभाउनुपर्ने भूमिका निभाउनका लागि शुभकामना दिए ।
कार्यक्रममा जिल्ला बारका निबर्तमान अध्यक्ष केवलसिंह थारुले नवनिर्बाचित अध्यक्ष उदयराज बर्मालाइ माइन्युट हस्तान्तरण गरि पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा पुनराबेदन अदालत नेपालगन्जका निमित्त मुख्य न्यायधिश यज्ञ प्रसाद बस्याल, न्यायधिश केशबराज जोसी, शुरेष प्रसाद जोसी यमुना भटराइ जिल्ला न्यायधिश नर बहादुर केसी, बरिष्ठ अधिबक्ता भोला सिंह हमाल लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२     1:23:48 PM  |