25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

यौन शोषणमा परेकी सेनाकी महिला मेजर प्रहरीमा उजुरी हाल्न गएपछि…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२  

Rape एजेन्सी । प्रहरी भन्दा बोलियो संगठन मानिन्छ सेना । अनुशासनका हिसाबले पनि सेना नै अब्बल संगठन हो । तर, यहाँ एक महिला मेजरको यौन शोषण भएको समाचार छ ।

प्रहरीमा आफूभन्दा तलका महिला अफिसरसँग यौन शोषण गर्ने गरेको समाचार सुनिएपनि सेनामा भने पहिलोपटक महिला मेजरको यौन शोषण भएको हो । आफ्ना यौन शोषण भएपछि महिला मेजर रिपोर्ट लेखाउन आउँदा प्रहरी चौकीका कर्मचारी छक्क परेका छन् ।

संसारका जुनसुकै देशमा पनि अनुशासित मानिने सेनामै यौन शोषण भएपछि प्रहरी कर्मचारीहरु अचम्ममा परेका हुन् ।

घटना भारतको बठिंडा जिल्लाको हो । जहाँ एक पुरुष मेजरले महिला मेजरलाई आफ्नो मायाजालमा पारेर यौन शोषण गरेका छन् । भारतीय पत्रिका दैनिक जागरणका अनुसार मेजर चन्द्र सिंहले एक महिला मेजरलाई आफ्नो माया जालमा पारेर विहे गर्ने प्रलोभन देखाएर कैयौपटक सम्बन्ध राखेका हुन् ।

करिब तीन वर्षसम्म उनीहरुबीच प्रेम र शारीरिक सम्बन्ध गाँसिएको थियो । त्यसपछि चन्द्र सम्पर्कविहिन भएका थिए । त्यसको केही महिनापछि पीडित महिलाले मेजरले थाहा पाएकी चन्द्रले अर्कै युवतीसँग विहे गरेका रहेछन् ।

त्यसपछि उनी न्याय माग्दै प्रहरी चौकी पुगेकी हुन् । चन्द्रविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । अहिलेपनि चन्द्र फरार छन् ।

प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२     12:35:48 PM  |