१२ पुस, काठमाडौं । भागबण्डा मिलाउनका लागि मन्त्रालय फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ नै, कलाकारहरुले पनि यसलाई व्यंग्यको विषय बनाउन थालेका छन् ।
चर्चित हास्य कलाकार केदार घिमिरेले यसमाथि व्यंग्य गर्दै फेसबुकमा रमाइलो प्रस्ताव गरेका छन् । घिमिरेले नेपालमा बन्न सक्ने नयाँ मन्त्रालय भन्दै ओलीलाई व्यंग्य गरेका छन् । उनले विभिन्न मन्त्रालयहरु फुटाएर नयाँ मन्त्रालय थप्न यस्ता सुझाव पेश गरेका छन्-
१, गृह मन्त्रालय
(क) लाठी चार्ज मन्त्रालय (ख) कारागार मन्त्रालय (ग) अनुसन्धान मन्त्रालय (घ) सलामी मन्त्रालय (ङ ) अश्रु ग्याँसमन्त्रालय
२, बन मन्त्रालय
(क) दाउरा मन्त्रालय (ख) पत्कर मन्त्रालय (ग) हाँगा मन्त्रालय (घ) वृक्षारोपण मन्त्रालय
३, शिक्षा मन्त्रालय
(क ) चक डस्टर मन्त्रालय (ख) हाजिर गयल मन्त्रालय (ग) जनक शिक्षा सामाग्री केन्द्र मन्त्रालय
४, स्वास्थ्य मन्त्रालय
(क) झाडा पखाला मन्त्रालय (ख) सुई मन्त्रालय (ग) ट्याब्लेट मन्त्रालय (घ) खाने मन्त्रालय (ङ) पानी मन्त्रालय (च) ढल मन्त्रालय (छ) निकास मन्त्रालय
५, वातावरण मन्त्रालय
(क) हावा मन्त्रालय (ख) चट्याङ मन्त्रालय (ग) असिना मन्त्रालय (घ) हुरी मन्त्रालय
६,विज्ञान प्रविधि
(क) वाइफाइ पासवर्ड मन्त्रालय (ख) ल्यापटप मन्त्रालय (ग)
७, सन्चार मन्त्रालय
(क) नेपाल टेलिभिजन मन्त्रालय (ख) प्रेस काउन्सिल मन्त्रालय (ग) ॠषि धमला मन्त्रालय (घ) मनलाग्दीअन्लाइन मन्त्रालय
८, कृषि मन्त्रालय
(क) गोरु मन्त्रालय (ख) मकै मन्त्रालय (ग) रोपाइँ मनत्रालय (घ) तोरी मन्त्रालय
९, आपुर्ती मन्त्रालय
(क) ग्याँस सिलिन्डर मन्त्रालय (ख) मड्तेलको जर्किन मन्त्रालय (ग) पेट्रोल पम्प मन्त्रालय ।
प्रतिक्रिया दिनुहोस्