‘नेपाल आइडल’ सिजन ६ को उपाधि गंगा सोनामलाई



काठमाडौं ।

नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । उनलाई संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी हस्तान्तरण गरेका थिए।

विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् । बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे । दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । अभिनय खाती चौथो बने भने मृनल मानन्धर पाँचौ । यी दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते। ।

न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक थिए । आसिफ शाहले होस्ट गरेका थिए । यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले उपाधि जितेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार