26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

तरकारी पसले ‘मुन्द्रे’ कसरी कसरी चर्चित कलाकार बने ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस ८, २०७२  

काठमाडौं, पुस ८ । चर्चित हास्यंकलाकार जितु नेपाल ‘मुन्द्रे’ ले तरकारी पसले, गार्मेट उद्योगको मजदुर हुँदै नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताएका छन् । क्याम्पसे जीवन छँदै नेपाली कलाकारिता क्षेत्रमा होमिएका उनी सहकारी पसल संचालक सरस्वती शर्माको सहायतामा टेलिभिजन कार्यक्रम ‘हिजोआजका कुरा’का बाट नेपाली कलाकारितामा प्रवेशगरेको सुनाए ।

इमेज च्यानलको ‘इ–सेलेप्स’मा अन्तरबार्ताका क्रममा उनले चावहिलको सहकारी पसलमा काम गर्दागर्दै टेलिभिजन कार्यक्रममा अभिनय गर्न थालेको बताए । स्टेजमा हाँस्य प्रहसन गर्ने क्रममा उनले हाल ३४ देश भ्रमण गरिसकेका छन् ।

हाँस्य कलाकारिताको क्षेत्रमा स्थापित बनेका उनी पशुपतिनाथको दर्शन गर्न जाँदा जहिल्यै रोएर फर्किने गरेको बताए । ‘पशुपति आर्यघाटमा धेरै मान्छेहरु जलिरहेको दृश्यले मेरो मन रोइहाल्छ ।’

नेपाली मिडियाहरुले नेपाल आएका विदेशी कलाकारलाई अति प्राथमिकता दिएकोमा दुःख लागेको बताए । तर नेपाली कलाकारहरुलाई उतिसारो प्राथमिकता नदिएको गुनासो गर्छन ।

प्रकाशित मितिः बुधबार, पुस ८, २०७२     2:04:06 PM  |