सिक्किम जस्तै बन्ला नि !



शहिदका नयनबाट बर्बरी आँशु झरेको सम्झन्छु !!
धोति र पहाडे त्यो गाली सुन्दा झसङ्ग ब्युझन्छु !!
Kamal nath Paudel

नेपाली बोलि क्या मिठास थियो मोहनी लगाउने !
म जस्तै कति रोएका होलान् कसले सम्झाउने !!

सिक्किम जस्तै बन्लानी नेपाल विचार पुर्याउनु !
झुट खेलमा वकिलले झै गिता कसैलाई नछुवाउनु !!

दुनिया आज त्यो बिचित्र छ सकिन्न सम्झाउन !
देशमा बल्यो यो भिषण ज्वाला को आउँछ निभाउन !!

– कमल नाथ पौडेल

प्रकाशित मिति : २०७२ मंसिर २४ गते बिहीबार