23 September 2023  |   शनिबार, अशोज ६, २०८०

लैगिंक हिसा न्युनिकरणका लागी रेडियो अभियान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १३, २०७२  

बर्दिया, मंसिर १३
लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तगर्त बदियामा लैगिंक हिसा न्युनिकरणका लागी रेडियो अभियान सञ्चालन गरिएको छ । घर शान्ति नै बिश्व शान्तिको आधार पुनर्निर्माण शिक्षा र सम्मान व्यवहार” भन्ने नाराका साथ अन्तराष्ट्रिय अभियान अन्तगर्त बर्दियामा रेडियो गुर्वावा एफएम १०६.४ मेगाहर्ज बाँसगढीले रेडियो अभियान सञ्चालन गरेको हो । रेडियो अभियान अन्तर्गत गुर्वावा एफएमले महिला अधिकार सँग सरोकार राख्ने बिभिन्न सरकारी तथा गैरसरकारी संस्था, राजनितिक दलका प्रतिनिधीहरुसँगको दैनिक ३० मिनेटको अन्र्तवार्ता, दैनिक रुपमा समाचार रिपोर्ट र जनआवाज संकलन गरी प्रसारण गरिरहेको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर १३, २०७२     6:53:18 PM  |