कुपन प्रणालीको विरोधमा एम्बुलेन्स सञ्चालकहरु



कोहलपुर, मंसिर ११
जिल्ला प्रशासन कार्यालय बाँकेले पेट्रोलियम पदार्थ बितरणमा कुपन प्रणाली लागु गरेपछि बाँकेका एम्बुलेन्स सञ्चालकहरु आन्दोलनमा उत्रेका छन् ।
प्रशासनले कुपन प्रणाली लागु गरेपछि आफुहरुलाई अनुकुल नभएको भन्दै एम्बुलेन्स चालकहरु आन्दोलनमा उत्रेका हुन् । बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा एम्बुलेन्स सहित पुगेका चालकहरु साढे १३ हजार लिटर एम्बुलेन्सका लागि छुट्याएपनि आफु अनुकुल डिजल हाल्न पाउने व्यवस्था मिलाउनु पर्ने माग गर्दै उनिहरुले जिल्ला प्रशासनमा पुगेका हुन् ।
बाँकेका एम्बुलेन्सहरुलाई दिने डिजल हामी जतिसुकै बेला पनि पाउनु पर्ने माग चालकहरुले गरेका छन् ।
बाँकेका एम्बुलेन्सलाई मासिक १५÷१६ हजार लिटर डिजल भए मजाले पुग्ने बाँके एम्बुलेन्स संघका अध्यक्ष विष्णु खनालले बताए ।
बाँकेमा रहेका २७ एम्बुलेन्सहरु बिहीबार जिल्ला प्रशासनमै पुगेका थिए । ३ दिन देखि एम्बुलेन्स चालकहरु कुपन प्रणालीले दुख झेलिरहेको र विरामी बोक्न नपाएको उनिहरुले दुखेसो गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर ११ गते शुक्रबार