के सी शेर अष्टिन टेक्सास/
नेपालका चर्चित हांस्य कलाकारहरुको लगानी तथा अभिनय रहेको नेपाली चलचित्र वडा नम्बर छ हाल अमेरीकाका बिभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । टेक्सासको अष्टिनमा केही दिन पहिले प्रदर्शन भएको वडा नम्बर छ अव केही दिनमा नै क्लोराडो तथा अन्य स्थानमा प्रदर्शनको तयारीमा रहेको अमेरीकामा प्रदर्शनको जिम्मा लिएका रबिन बस्नेतले बताए ।
बस्नेतका अनुसार चलचित्र प्रदर्शनबाट आएको मुनाफाको २० प्रतिशत नेपालका झापा जिल्लाका गरिब तथा जेहेन्दार छात्र छात्राका लागि खर्च गरिनेछ । वडा नम्बर ६ लाई अमेरीकामा प्रदर्शन गर्न अमेरीकामा रहेका युवा व्यवसायी रबिन बस्नेत, बिकाश खरेल, सत्य थापा तथा अनुप ताम्राकारले खरिद गरेका हुन् । अमेरीकामा आफुलाई पायक पर्ने स्थानमा प्रदर्शन गर्न इच्छुक नेपालीले समेत सम्पर्क गर्न सक्नुहुनेछ ।
त्यसका लागि रबिन बस्नेत सम्पर्क नम्बर ४६९३६०९६०५ तथा अनुप ताम्राकार सम्पर्क नम्बर ८०१८१५१८९० मा सम्पर्क गर्न सकिने छ । चर्चित हास्य कलाकार दिपकराज गिरी दिपा श्री निरौला निर्मल शर्मा लगायतको लगानी रहेको हाँस्य प्रधान चलचित्र वडा नम्बर ६ मा दिपकराज गरी दिपाश्री निरौला प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल दयाहा राई लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन उज्वल घिमिरेले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्